arrow

'क्रिकेट प्रशंसकहरुलाई धन्यवाद', नेपाली टोलीलाई उत्साह दिनपुगेका समर्थक

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
10.jpg.jpeg
काठमाडौं। नेपालले लगातार दुई खेलमा नामिबियालाई हराउँदै विश्व क्रिकेट लीग च्याम्पियनशीपमा आफ्नो अंक तालिकामा सुधार गर्दै पाँचौं स्थानमा उक्लेको छ। नेपालको जीतकालागि नेपाली खेलाडीहरुको प्रदर्शनले महत्वपुर्ण भुमिका खेलको हो। 
 
खेलाडीहरुको अब्बल प्रदर्शनका साथ साथै नेपाली क्रिकेट प्रशंसकहरुको  संयमित तथा उत्साहाजनक साथ पाएको नेपाली टोलीले दोस्रो खेलमा जीत पछि मैदान परिक्रमा गरेर प्रशंसकहरुलाई धन्यवाद भनेका थिए। 
 
नेपाली टोली जहिले आफ्नो घरेलु मैदानमा खेल्दा जहिल्यै साथ दिने प्रशंसकहरु पनि जीतका भागिदार रहने गरेका छन्। जुन यथार्थलाई नेपाली टोलीले कहिल्यै बिर्सेको छैन्। कुनै पनि जीत वा हार पछि नेपाली टोलीले आफ्ना प्रशंसकहरुलाई धन्यवाद भन्न छुटाने गरेको छैन्। 
 
नेपाली क्रिकेटका कप्तान पारसले नेपाली क्रिकेटका प्रशंसकहरुको तारिफ गर्ने गरेका छन्। नेपालले दोस्रो खेलमा नामिबियालाई पराजित गरेपछि पारसले भने' घरेलु मैदानमा प्रशंसकहरुको समर्थनले जहिल्यै हामीमा उर्जा भर्ने गरेको छ'। 'नेपाली क्रिकेटलाई यती माया गर्नेहरु सबैलाई धन्यवाद'  उनले भने। 
 
नेपाली क्रिकेटलाई माया गर्नेहरुलाई धन्यवाद भनिरहँदा उनले राष्ट्रिय टोलीले जित्नु एउटा पाटो हो भने क्रिकेट बिकास फरक कुरो हो भन्न भने छुटाएनन्। उनले क्रिकेट बिकाशकालागि योजनागत रुपमा अघि बढ्नु पर्ने कुरा फेरि सम्झाएका थिए, उनले क्यानको समस्या चाँडै सुल्झे क्रिकेट बिकाशले गती लिन सक्ने बिश्वास ब्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ