arrow

महत्वाकांक्षी दोश्रो एकिकृत बस्ती निर्माणमा जुट्दै धुर्मुस-सुन्तली

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
dhurmus-project-Gidan-Chaur-1.jpg.jpeg
काठमाडौ। भूकम्प पिडितको लागि पहिलो एकिकृत नमुना बस्ती बनाएर सामाजिक काममा समेत चर्चामा आएका धुर्मुस-सुन्तलीले दोस्रो नमुना बस्ती बनाउने भन्दै सहयोगको अपिल गरेका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ स्थित गिदानचौरमा ६५ भूकम्प पिडितको लागि एक सय रोपनी क्षेत्रफलमा ट्वाइलेट बाथरुम सहितको चार कोठे भूकम्प प्रतिरोधि  घर बनाउन तयारी थालेका हुन।  ९ महिनामा नौलो र वर्ष दिन नबित्दै बिर्सीयो भने जस्ता ढिलो गतिमा काम भएकोमा दुखेसो पोख्दै साथ सहयोगको अपेक्षा गरेका छन्।
 
भूकम्प गएको केही महिनाभित्रै १८ परिवारको लागि सामाजिक सञ्जाल सगुन डटकम, हाँस्य टेलिश्रृंखला भद्रगोल टोलीलगायत अन्य थुप्रै संघ संस्था र ब्यक्ति सग मिलेर काभ्रेमा एकिकृत नमुना बस्ती बनाएका थिए। 
 
हाल बन्न लागेको बस्तीलाई राम्रोसग बनाउने हो भने ३ करोड ६० लाख खर्च हुने सिताराम कट्टेल "धुर्मुस" ले बताए। यसको लागि देश बिदेशमा बस्ने नेपाली तथा सरकारसग समेत कुरा भैरहेको बताए। अधिकाशं तामाङ समुदाय बस्ने यो बस्तीमा श्रमदान तथा अन्य सहयोग पाइने अपेक्षा समेत उनले गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ