arrow

शैक्षिक गुणस्तर सुधारको लागि हिरक महोत्सव, १२ लाख संकलनमा

logo
कौरव खत्री,
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
Gulmi-hamrakura.jpg.jpeg
गुल्मी। नेपाल राष्ट्रिय सर्बोदय उच्च माध्यमिक विद्यालय पौदीअमराई ५ गुल्मीको हिरक महोत्सव नजिकै गर्दा आर्थिक संकलनलाई तिव्रता दिएको छ।
 
हिरक महोत्सव नजिक आउदा विभिन्न ठाँउहरुमा गरि हिरक महोत्सव नजिकै आउदा हालसम्म करिव १२ लाख बराबरको चन्दा संकलन गरिएको विद्यालयका सचिवालय सचिव शिक्षक महलाल अर्यालले जानकारी दिनुभयो ।
 
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि हिरक महोत्सव गर्न लागिएको  विद्यालयका प्राचार्य चिरिञ्जीवी थापाले जानकारी दिनुभयो ।
 
विद्यालयले ६० बर्ष पूरा गरेको अबसरमा आउँदो बैशाख १५ देखि २१ गते सम्म विद्यालयले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित विद्यालयले हिरक महोत्सव मनाउन गइरहेको हिरक महोत्सव मुल समारोह समिति संयोजक हरि बहादुर थापाले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ