arrow

पेरिस आक्रमणका एक आत्मघातीको पहिचान, नाम खुलेका फ्रेन्च नागरिक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1397809349.jpeg

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएको आतंकवादी हमलामा संलग्न सात आत्मघाती मध्ये एक जनाको नाम सार्वजनिक भएको छ । पेरिस आक्रमणका अनुसन्धानकर्ताले ती आत्मघाती आक्रमणकारी फ्रेन्च नागरिक नै रहेको र उनी आक्रमणमा संलग्न रहेको बताएका हुन् ।

२९ वर्षीय फ्रेन्च नागरिक उमर इस्माइल मुस्तफईको घटनास्थलमा भेटिएको एक औंलाको आधारमा पहिचान भएको खोजकर्ताहरुले जनाएका छन् ।इस्माइलको अपराधिक पृष्ठभूमी थियो ।

उनको इस्लामिक कट्टर रुझानको सुरक्षा फाइल समेत रहेको बताइएको छ । यसअघि, ग्रीस सरकारले पेरिस आक्रमणमा मृत्यु भएको एक शव खानतलासीमा सिरियाको पासपोर्ट भेटिएको बताएको थियो ।

जो अघिल्लो महिना ग्रीसबाट छिरेको बताइएको छ । यस वर्ष पाँच लाख बढी शरणार्थी र आप्रवासी टर्कीबाट ग्रीस आएका छन् । जसमा कयौं सिरियाली छन् ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ