arrow

‘क्यान्सरसँग अझै संघर्ष गरिरहेकी छु’–मनिषा कोइराला

logo
प्रकाशित २०७२ कार्तिक २९ आइतबार
मुम्बई । आफ्नो समयको चर्चित बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले आफु अझै पनि क्यान्सरसँग संघर्ष गरिरहेको बताएकी छन् । उनले आफु क्यान्सरसँग लडे पनि फिल्ममा अभिनय गर्ने काम भने नछोड्ने बताईन् । उनले बलिउडमा राम्रो किसिमको अभिनयको प्रस्ताव आएमा ७० एमएमको पर्दामा पुनरागमन गर्ने जनाईन् ।

पछिल्लो समयमा योगाको व्यायाममा बढी समय दिईरहेकी मनिषाले आफुलाई योगाले नै ठिक पारेको दाबी गरिन् । सौदागर, मन, रोजा र बाम्बे जस्ता फिल्ममा काम गरेर हिट भएकी यी अभिनेत्रीको तीन वर्ष अघि क्यान्सरको डायलसिस गरिएको थियो । स्वदेश देखि विदेशका विभिन्न अस्पतालमा उपचार गरेकी मनिषाले आफुलाई मेडिकल उपचार भन्दा पनि योगाका कारण रोगबाट मुक्ति पाएकी जनाईन् ।

मनिषा हालका दिनमा सामाजिक काममा सक्रिय छिन् र सँगसँगै योगको प्रचार पनि गरिरहेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ