arrow

बजरङ्गबलीको तागत: बादरले एकै परिवारका तीस सदस्य बचायो

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
monkey-1.jpeg.jpeg
एजेन्सी । बैङ्गलोरमा एक बादर बजरङ्गबलीनै बने ।  हनुमानझै संकट मोचन गरेर ३० व्यक्तिको ज्यान जोगाए । भारतीय सञ्चारमाध्यमका अनुसार बैङ्गलोरको श्रीरंगापट्टनममा रहेको कावेरी नदी किनारमा एउटा रुख मुनि परिवारले धार्मिक अनुष्ठानको कार्यक्रम आयोजन गरेको थियो । सो धार्मिक अनुष्ठानमा एकै परिवारका ३० सदस्य सहभागि थिए । सो रुखको माथि तिनै संकट मोचक बादर थिए ।
 
बादरले अनुष्ठानमा बसेका मानिसलाई हैरान पार्‍यो । बदमासीको हद नाघ्दै बादरले मुत्र विसर्जन गरिदिदा अनुष्ठानमा सहभागिहरु आक्रोशित भए । सबैले गाली समेत गरे ।  शुद्ध हुन नदीमा नुहाउन समेत गए । परिवारका सदस्यहरु नुहाउन गएता पनि सदस्य बाहेकका तीन जना भने सो रुख मुनिनै बसिरहे। केही समयमै रुख पल्टियो र तीन जना मध्ये एकको घटना स्थलमै मृत्यु भयो ।  दुई जना गम्भिर घाइते भए । नुहाएर  अनुष्ठान स्थलमा पुगेका  सदस्यहरु घटनाक्रम देखेर आश्चर्य चहकित भए ।
 
परिवारका सदस्यका अनुसार बादरले संकटमोचक भएर सबैको ज्यान जोगायो ।उनिहरु पछि बादरको बदमासीलाई नकार्नुको साटो हनुमानको रुप भन्दै पुकार्न थाले ।  यदी सो रुख मुनिनै परिवारका सबै सदस्य रहेको भए कोही पनि जिवित नहुने परिवारका एक सदस्य बताउछन् । उनका अनुसार रुखमा भएको बादर साच्चै हनुमाननै थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ