arrow

प्रधानसेनापति आइतबार अमेरिका जाने

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
Army-chief-Rajendra-Chhetri.jpg.jpeg
काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा ११ दिने भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।  अमेरिकी सेनाको कमाण्ड र जनरल स्टाफ कलेज फोर्ट लिभेनवर्थ कान्सास र बार कलेज कार्लिस्ले ब्यारेक पेन्सिल भेनियामा इन्टरनेसनल फेलोस् हल अफ फेम इन्डक्सन (इएचओएफ) समारोहमा भाग लिन क्षेत्री त्यसतर्फ जान लागेका  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
 
अमेरिकी सेनाका शिक्षण संस्थाले त्यहाँबाट शिक्षा लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्री सम्मान ग्रहण गर्न जाने भएका हुन् । यी दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेसनल हल अफ फेममा सम्मानित हुने क्षेत्री नेपाली सेनाको पहिलो प्रधानसेनापति हुन् । 
 
अमेरिका भ्रमणमा रहँदा प्रधानसेनापतिले त्यहाँका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृत र संयुक्त राष्ट्रसङ्घका पदाधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सम्बन्धलाई थप प्रगाढ र सुदृढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । प्रधानसेनापति क्षत्री यही वैशाख २३ गते स्वदेश फर्कनुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ