arrow

ला-लिगा : बार्सा र दुई मड्रिड बिजयी, तीनै टोली पुर्ण अंक ल्याउने होडमा

अंक गुमाएमा संभवत उपाधि होडबाट बाहिरिने निश्चित

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
Gareth_bale.jpg.jpeg
 
काठमाडौं। बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६-०ले हराउँदै ला-लिगा अंक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ। लुईस स्वारेजले ४ गोल गरेको खेलमा लियोनल मेस्सीले १ तथा नेयमारले १ गोल गरेका थिए। 
 
खेलको १२औं मिनेटमा गोल गर्दै मेस्सीले खाता खोलेका थिए। पहिलो हाफमा १-०को अग्रता लिएको बार्साले दोस्रो हाफमा ५ गोल थपेको थियो। खेलको ६४, ७४, ७७ र ८८औं मिनेटमा स्वारेजले गोल गरेका थिए। ७४ र ७७औं मिनेटका गोलहरु पेनाल्टी मार्फत गरेका थिए। नेयमारले ८५औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए। 
 
रियाल बिजयी
रियाल मड्रिडले रायो वालेकानोलाई ३-२ गोलले पराजित गरेको छ। रायोका एडरियन एम्बार्बाले ७औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए भने १४औं मिनेटमा मिकुले दोस्रो गोल गर्दै २-०को अग्रता दिलाएका थिए। 
 
०-२ गोलले पछि परेको रियालकालागि ३५औं मिनेटमा गारेथ बेलले गोल गर्दै खेल १-२को स्थितीमा ल्याएका थिए। ५२औं मिनेटमा रियालका लुकासले गोल गर्दै खेल २-२ भएको थियो। अंक गुमाउने स्थितीमा पुगेको रियालले अंक बाँढ्ने स्थितीमा पुगेको थियो। 
 
८१औं मिनेटमा गारेथ बेलले अर्को गोल गर्दै रियाललाई ३-२को जीत दिलाएका थिए। 
 
त्यसैगरि उपाधी होडमा रहेको एथ्लेटिको मड्रिडले मालागालाई १-० गोलले पराजित गरेको थियो। खेलको ६२औं मिनेटमा एन्हल कोर्र्याले गोल गर्दै एथ्लेटिकोलाई बिजयी बनाएका थिए। 
 
अंक तालिकामा बार्सिलोनाको अग्रता कायमै रहेको छ। ३५ खेला ८२ अंकका साथ नेतृत्व गरिरहेको बार्सालाई एथ्लेटिकोले ३५ खेलमा ८२ अंकका साथ पच्छ्याईरहेको छ। गोल संख्याको फरकले गर्दा बार्सा पहिलो स्थानमा रहेको छ। तस्रो स्थानमा रहेको रियालको ३५ खेलमा ८१ अंक रहेको छ। 
 
३ खेल बाँकी रहेको स्थितीमा कुनै पनि टोली खराब खेल खेल्ने वा अंक गुमाउने स्थितीमा रहेका छैनन्। सबै टोलीलाई पुर्ण अंक ल्याउनु पर्ने चर्को दवाब रहेको छ। तीन टोली मध्य कुनै पनि टोलीले अंक गुमाएमा संभवत उपाधि होडबाट बाहिरिने निश्चित रहेको छ। 
 
ला-लीगाका अन्तिम चरणका खेलहरु रोमाञ्चक मोडमा पुगेको छ। कुनै समय बार्सिलोनाले सजिलै उपाधी जित्ने स्थिती भएकोमा केही खेलमा बार्साको खराब खेलले लिगलाई रोमाञ्चक बनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ