arrow

यी हुन् विश्वका सबै भन्दा हट र सेक्सी एयरहोस्टेज भएका एयरलाइन्स

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
एजेन्सी । आर्थिक मन्दीको क्रममा विश्वका सबै क्षेत्र डामाडोल हुदा त्यसको असर उड्डयन क्षेत्रमा समेत पर्‍यो । घाटाको यो अवस्थामा विश्वका चर्चित एयरलाइन्सहरुले नयाँ रणनीति अख्तियार गरे । सामन्यत: उड्डयन क्षेत्रमा आर्थिक जोह टिकट विक्रीबाट हुने गर्दछ । पटक-पटक टिकटको मूल्य बढाउदा यात्रुको संख्यामा कमी आउने खतरा पनि सो क्षेत्रमा छ । यसैले एवियेशन इन्डस्ट्रीमा बिकिनी एयरहोस्टेज र हट एयरलाइन्सको चलन सुरु भएको छ । ताकि यसबाट विमान लोड होस् र पैसा मनग्य कमाउन सकियोस । 
 
जर्मनी
जर्मनीमा शारिरीक खुल्लापन सामान्य विषय हो । आर्थिक मन्दीले सताएको वर्ष सन् २००८ मा जर्मनमा यस्तो एयरलाइन्सको सुरुवात भयो । जसमा यात्रुले लुगा खोलेर यात्रा गर्न सक्दछन् । भित्रि वस्त्रबाहेक अन्य लुगा खोल्न पाइन्छ ।  एक जर्मन ट्राभल एजेन्सीले विश्वको यो पहिलो नग्न एयरलाइन्स सर्भीसको सुरुवात गरेको हो । सो एजेन्सीमा टिकट बुक गरी जर्मनीको एरफर्ट शहरबाट बाल्टिक समुद्र तट सम्म यात्रा गर्न सकिन्छ । यात्रीले सो एयरलाइन्समा ड्रैसलेस हुन त सक्छन् तर, एयरलाइन्सबाट बाहिर निक्लिदै कपडा लगाउनु पर्ने हुन्छ।
 
भियतनाम
भियतनामको विएटजेट एविएशनका मालिक गुयेन फुओगले आफ्नो एयरलाइन्समा बिकिनी गर्ल्सको व्यवस्था गरेका छन् ।  बिकिनी गर्ल्सनै सो  एयरलाइन्सको एयरहोस्टेज हुन् । फुओग आफ्नो आइडियाका कारण आज अर्बपति बनिसकेका छन्।
 
माल्टा
एक वर्ष पहिले एयर माल्टाले आफ्नो यात्रुको लागि नयाँ सेवा सुरु गरेको छ । एयरलाइन्सले यात्रुको लागि फ्री-मसाजको सुविधा सुरु गरेको छ । सो  एयरलाइन्सको फ्लाइटमा एयरहोस्टेजले यात्रुको हात, खुट्टा, गर्दन र टाउको मसाज गर्दछन्। त्यती मात्र नभई  एयर माल्टाले  स्पा र ब्यूटी प्रोडक्ट्सको लागि वाउचर सर्भीसको पनि सुरू गरेको छ।
 
एयर न्यूजिल्याण्ड
एयर न्यूजिल्याण्डले सन् २०११ मा  लामो दुरीको यात्रुको लागि नयाँ सेवा सुरु गर्‍यो । न्यूजिल्याण्डबाट लस एन्जल्स सम्म जानेहरुका लागि यस्तो सिट बनाइएको छ जसमा खुट्टा फैलाएर सुत्न सकिनेछ । यस विमानमा विवाहित जोडी र परिवार भएकाहरुले यात्रा गर्न मन पराउने सो एयरलाइन्सले जनाएको छ। 
 
हुटर्स एयरलाइन्स
हूटर्स एयरलाइन्सले पनि यात्रीहरुको लागि गजबको सेवा सुरु गरेको छ। सो एयरलाइन्सको विमानमा यात्राको समय हट होस्टेसले यात्रीलाई भरपुर सेवा दिन्छन् । यात्राको क्रममा ती होस्टेजले कयौ खालका गेम्स देखाउछन्। यात्रुको चाहाना अनुसार मनोरन्जनको लागि यी होस्टेजलाई हायर पनि गर्न सक्ने व्यवस्था समेत एयरलाइन्सले गरिदिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ