arrow

पोखरा एयरपोर्ट र रबिन्द्र दाई

logo
शुरेस गिरी,
प्रकाशित २०७३ वैशाख १३ सोमबार
suresh-giri.jpg.jpeg
दाई धेरै भो तपाईसँग भेट नभएको पनि आरामै हुनु हुन्छ होला। यसबीचमा किताब पनि निकाल्नु भएको रहेछ। पढ्ने मौका पाएको छैन। नेपालबाट मगाएको छु।  आउँदै छ। किताब पढे पछि किताबको बारेमा चर्चा गरुला। दाई गाउँघर तिर गइराख्नु भएको होला। यसो गाउँघरतिर कुरा हुँदा सबैले दाईको बारेमा कुरा गर्छन। अब त एयरपोर्ट पनि वन्ने भो। आइज गाउँमै रिसोर्ट खोलुला भन्छन। एयरपोर्ट निर्माणको लागि दाई को पनि धेरै मेहेनत देखेको छु। कामरेड प्रचण्डले त चीन गएर मैले मागेको २ वटा कुरामा यो एयरपोर्ट पनि हो भन्नु भएको थियो। मलाई त विश्वास लाग्दैन तर दाईले बिकाश समिति को सभापतिका हैसियतले धेरै नै मेहेनत गर्नु भएको छ। गर्ब लाग्छ दाई। दाई तपाई हाम्रो गाउँबाट त्यो एयरपोर्ट बनेपछि कति राम्रो देखिन्छ होला। बा आमा काका काकीले डाडामा बसेर हाम्रो रबिन्द्रले त्यो भेडीफारमको चौर मा ठुलो एयरपोर्टको योजना ल्याएको भनेर कति गर्वका साथ तपाईलाई आसिर्बाद दिदै होलान। के गर्नु दाई आफु त परदेश तिर लगियो न शिलान्यासमा सामेल हुन पाइयो न बा आमाले तपाई लै दिएको आशिर्बाद नै सुन्न पाइयो। मेरी ममी खुसी हुदै एयरपोर्ट बन्ने भयो अब त दोविल्ला र निर्मल पोखरी को जग्गा को मुल्य पनि बढ्छ भनेर खुसि हुदै तपाईलाई हालेको भोटको तारिफ गर्दै हुनुहुन्थ्यो। दाई तपाईको र मेरो राजनीतिक विचार धारा फरक भए पनि म तपाई को फयान नै हु मलाई माया गर्नुहुन्छ। सप्पोर्ट गर्नुहुन्छ। दाई यी त भए हामी दाजु भाइका कुरा।
 
दाई धेरै बर्ष अगाडी ढुङगेसाँगुको मेलामा दाईलाई मैले पोखरामा एयरपोर्ट चाहिदैन भनेर भनेको थिए। दाईलाई याद छ कि छैन। धेरै ठाउँ मा मैले यो एयरपोर्ट को के काम भन्दा बिकाश बिरोधी भन्लान। दाईलाई यौटा कुरा सोध्न मान लाग्यो। दाई तपाई त देश विदेश धेरै घुम्नु भयो हाम्रो जस्तो भुपरिवेष्ठीत देशबाट त पक्कै हवाई जहाज मै जानु भयो होला। काठमाडौँमा त तपाई घरबाट १५ मिनट मै एरपोर्ट गएर भिआइपीबाट प्लेन चढ्ने बानि लागि सक्यो होला। दाई तर प्लेनबाट झरेर तपाई गएको देशहरुको कुनै शहर १५ मिनेट मा पुग्नु त भएन होला। के दाई हाम्रो सुन्दर सान्त पोखरालाई एयरपोर्ट चाहिएको नै थियो त? पोखरा जस्तो सानो उपत्यकाले यसको भार थेग्ला र? दाई मैले त सुनेको गौतम बुद्ध एयरपोर्ट भैरहवामा २०१७ सम्म तयार हुन्छ रे। यो कुरा मलाई भन्दा दाईलाई नै बढी थाहा होला। 
 
फेरी गाउतिरै फर्कौ दाई। हाम्रो गाउ बाट उत्तर झरे पोखरा लेखनाथ दक्षिण तिर त स्याङजा। दाई स्याङजाको २ वटा डाडा काटे त नवलपरासी पुगिन्छ। दाई लाई झर्को लाग्ला कति गाउँको कुरा गरेको भनेर। दाई विदेश तिर हिड्दा सुरुङ्ग भित्र गाडी गुडेको त देख्नु भाको नै होला। नवलपरासीबाट भैरहवा तेती टाढा हो जस्तो लाग्दैन। दुलेगौडाबाट नवलपरासी सुरुङमार्गबाट तराई जोड्ने सबै भन्दा छोटो बाटो भन्ने सुनेको छु। दाईले पनि सुन्नु भएको नै होला। अरु विकल्प केही थिएन र दाई। पोखरामा एयरपोर्ट बनाउने पैसाले हामीले कुनै एयरपोर्ट जोड्ने एक्सप्रेस हाइवे बनाउन सक्दैन्थियौ र ? दाई तपाईको वेभसाइटमा लेखेका केही देशमा मा पनि घुमेको अनुभब छ। दाई तपाई जापान जाँदा टोक्यो कोरिया जादा इन्चेन चीन जाँदा साँघाई गुन्जाओ र वेइजिङ जहाँ गए पनि १५ मिनेट मा सिटी त पग्नु भएन होला। दाई सिंगापुर जस्तो सानो देशमा त एयरपोर्टबाट सिटी जान्न झण्डै २५ मिनट लाग्छ। दाई चीनको त कुरै छोडौ दाई ति एयरपोर्ट मा झरेर सहरतिर गएको दाईले पोखरामा एयरपोर्ट बनाउनु पर्छ भन्दा १ पटक पनि सोच्नु भएन दाई। पोखराको पर्यटनमा यो एयरपोर्टले राहत देला र दाई? एयरपोर्ट झर्‍यो झोला बोकेयो अन्नपूर्ण बेस क्याम्पतिर टाप हुदैनन र दाई पर्यटक? तपाईले मलाई ढुँङगेसाँगुको मेला पनि भाइ यो क्षेत्रीय एयरपोर्ट भन्नु भएको थियो। दाई काठमाडौँको भन्दा ठुलो रनवे आधुनिक पूर्वाधार भएको एयरपोर्ट क्षेत्रीय होला र? 
 
दाईलाई कतिको थाहा छ काठमाडौँबाट नजीकको अन्तराष्ट्रिय एयरपोर्ट लखनउ हो र काठमाडौँबाट धेरै विमान रुट परिवर्तन भएर जाने पनि त्यही हो। के पोखरामा एयरपोर्ट बने पछि ती सबै लखनउ जालान र? दाई एयरपोर्ट बनाउदा धेरै कुराको सर्वे भयो होला। धेरै रिपोर्ट पनि बने होलान। यो बारेमा सोचियो होला। तर मेरो दिमागले ति सबै कुरा सोच्न नसकेको होला पनि। दाई यो सुरेशले मलाई नै येसरी किन भन्यो भनेर सोचि राख्नु भएको होला। दाई मेरो जिल्लामा अरु पनि सांसद/नेता छन् तर सबैको आशा भनेको तपाई नै हो। दाई मेरो आग्रह छ यो एयरपोर्ट बन्दा पोलिटिकल पार्टी, नजिकका ठेकदार र मेरा बा (खुसी भए होलान हार्डवेयरको व्यापार चल्छ भनेर) लाई मात्र फाइदा हुने काम नहोस है दाई। दाई भोलि तेही डाडामा बसेर एक दिन एयरपोर्टतिर देखाउदै पोखरा कति सुन्दर थियो एयरपोर्ट बने पछि त अव्यवस्थित भयो भन्नु नपरोस दाई। यो बारेमा सोच्नु होला। हामी एयरपोर्टको बारेमा मात्र सोची राखेका छौ। त्यस पछिको योजना गर्नु होला। तपाई ठाउँमा हुनुहुन्छ तपाईको कुरा सुनिन्छ। हाम्रो पोखरालाई सधै सुन्दर शान्त देख्न पाइयोस। मैले चाहेको यहि हो दाई। भाइले केही गल्ति गरे को भए माफ पाउ। 
 
तपाईको गाउँले भाई सुरेश।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ