arrow

लेस्टरका भार्डी थप एक खेल प्रतिबन्धित

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
EPL_Vardy.jpg.jpeg
एजेन्सी। प्रिमियर लिग उपाधिको नजिक पुगेको लेस्टर सिटीका स्टार स्ट्राईकर जेमी भार्डीले थप एक खेल गुमाउने भएका छन्। उनले म्यानचेस्टर युनाईटेड बिरुद्ध ओल्ड ट्राफोर्डमा हुने खेल पनि दर्शकका रुपमा मात्र सहभागी हुन पाउने छन्। 
 
प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटेनहमले वेष्ट ब्रोमविचसँग १-१ गोलको बराबरी खेलेपछि लेस्टरले म्यानचेस्टर युनाईटेडलाई हराएमा पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने छ। प्रिमियर लिगमा २२ गोलका साथ धेरै गोल गर्ने खेलाडीहरुमा तेस्रो स्थानमा रहेका भार्डी  उपाधि जित्ने खेलमा मैदानमा हुनेछैनन्। 
 
वेष्टह्याम सँग रातो कार्ड खाएर बाहिरिएका भार्डीले स्वान्सीसँगको खेल गुमाईसकेका छन्। स्वतन्त्र नियामक आयोगले गरेको जाँचबुझमा उनलाई थप १ खेलमा प्रतिबन्ध र १०,००० पाउण्डको जरिवानाको सजाय दिएको हो। लेस्टरलाई आफ्नो खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै २० हजार पाउण्डको जरिवाना लगाईसकेको छ। 
 
वेष्षह्यामसँग भार्डीले पाएको रातो कार्ड विवादस्पद बनेको थियो जुन उनको व्यवसायिक जिवनको पहिलो थियो। उनलाई जानाजान लडेको भन्दै रेफ्रीले दोस्रो पहेंलो कार्ड दिएका थिए जुन स्वत रातोमा परिवर्तित भएको थियो।
 
भार्डीले अन्तिम दुई खेलमात्र अब खेल्न पाउने छन्। लेस्टरको अन्तिम दुई खेल ईभर्टन र चेल्सीसँग हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ