arrow

मृगौला पीडीतलाई १ लाख २० हजार सहयोग

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
sahayog-hamdover.jpg.jpeg
काठमाडौं। “मनोरन्जन परोपकार र लगानीको क्षेत्र पहीचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान“ नारा बोकेर बिभिन्न रचनात्मक  र समाजसेवाका कृयाकलाप गर्दै आईरहेको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले मृगौला रोगबाट पीडीत लमजुङ जिल्ला निवासी बर्ष १९ का दिनेश गुरुङलाई १ लाख २० हजार रुपैया सहयोग गरेको छ। अप्रील महिनामा नमस्ते नेपालको पहलमा सदभावना भ्रमणमा सहभागी इजरायल बासी नेपाली दाजुभाई दिदिवहीनीहरुबाट संकलीत ६७ हजार र तमु समाज इजरायल ले संकलन गरेको ५३ हजार गरी १ लाख २० हजार रुपैया सहयोग गरिएको हो। 
 
नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय सचिव राम्जी शर्मा भट्टराई, केन्द्रीय सदस्य तथा मातृभूमि समन्वय समितिका संयोजक गणेश जी.सी सदस्य ज्ञाञ्ज बहादुर श्रेष्ठर तमु समाजका प्रतिनिधीहरुको उपस्थितीमा एक समारोहबिच पिडितको निवास कपन काठमाण्डौमा सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका आजीवन सदस्य लोकराज अधिकारीले जानकारी दिए। 
 
संस्थाले मृगौला पिडीत दिनेश गुरुङको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। गुरुङको दुवै मृगौलाले काम गर्न छोडी विगत केही महीनादेखी उपचार गराउदै आएको र आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले मृगौला प्रत्यारोपणको लागी सहयोगको लागी परिवारले अपिल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ