arrow

इजिप्ट र इजरायलको सीमामा १५ जना अफ्रिकी शरणार्थी मृत भेटिए

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
463632728.jpeg
कायरो । इजरायली सीमा नजिकै रहेको इजिप्टको सिनाई टापुमा १५ जना अफ्रिकी आप्रवासी शरणार्थीको शव आइतबार भेटिएको यहाँको सुरक्षा स्रोतले जनाएको छ । 
 
उनीहका शवलाई आइतबार बिहानै राफा सहरको दक्षिणमा गोली हानी हत्या गरिएको अवस्थामा भेटिएको इजिप्टको उत्तरी सिनाई प्रान्तमा अवस्थित स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले बताए । 
 
घटनामा आठ जना अफ्रिकी नागरिक गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनीहरुको स्वास्थ्य अवस्था स्थिर भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । 
 
अफ्रिकीमूलका शरणार्थीलाई गोली हानी मारिएको जनाइए पनि उनीहरुलाई कसले र कुन उद्देश्यका लागि हत्या गरिएको भन्ने थाहा हुन सकेको छैन । सिनाई प्रायद्वीप इजिप्टको सरकार र जिहादी विद्रोही लडाकूहरुबीच युद्धरत क्षेत्र हो । यसै बाटो प्रयोग गर्दै अफ्रिकी शरणार्थीहरु इजरायल पुग्ने गर्छन् । 
 
इजिप्टका तत्कालीन इस्लामिक राष्ट्रपति मोहमद मोसीलाई सेनाद्वारा सन् २०१३ मा अपदस्थ गरेपछि जिहादी समुदायले यहाँको नयाँ सरकारविरुद्ध आक्रमणलाई बढाएको छ । 
 
सेनाले जिहादी नेता तथा लडाकू कमान्डरलाई झडपमा मारेको तथा नियन्त्रणमा लिएको कैयौँ समाचार आए पनि जिहादी समुदायका सरकारविरोधी गतिविधिमा कमी आउन नसकिरहेको विज्ञहरुको बुझाई छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ