arrow

आगोका कारण गाउँ नै सखाप

एक करोड भन्दा बढिको क्षेती

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ वैशाख १५ बुधबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम ।आगलागीका कारण रुकुमको एक गाउँ नै सखाप भएको छ । आगोका कारण जिल्लाको आठविसकोट गाविसमा वडा नं. ३ को दाजको पुरागाउँ नै सखाप भएको हो । स्थानीय कालीभान नेपालीको घरमा रहेको सोलारको व्याट्री पडकिएर सुरु भएको आगो अन्य छिमेकीको घरमा सल्केको थियो । आगोका कारण त्यहाँ ९ घर पूर्णरुपमा क्षेती भएको र २ वटा घर आंशिक रुपमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिए ।
 
उनका अनुसार आगलागी बाट त्यही गाउँमा रहेका ४ वटा  पसल र १ वटा मेडिकल समेत पूर्णरुपमा जलेको नष्ट भएका छन् । आगलागीका कारण सबैको घरमा रहका अन्नपात, लत्ताकपडा, सबै  नष्ट भएका छन् । आगोबाट करिब एक करोड बराबरको क्षति भएको हुनसक्ने स्थानीयको भनाई रहेको छ । स्थानीय धिरेन्द्र बटालाका अनुसार अन्नपात, लत्ताकपडा, भाँडाकुडाका साथै धनमाल समेत घरमै भएकाले एक करोड भन्दा वढि नै क्षेती भएको हो । तर क्षेतीको पुर्ण विवरण भने आईसकेको छैन् ।
 
अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको डिस्पी खड्काले बताए । उनका अनुसार सर्वसाधारणहरु अहिल आगलागी भएको ठाउँ नजिकै त्रिपाल मुसि सबै सामुहिक रुपमा बसिरहेका छन् । जिल्ला दैवि प्रकोप उद्धार समितिले पिडितलाई भोली (बिहीबार) मात्र राहात सामाग्रीहरु पठाउने भएको छ । घटना प्रति नेपाली काँग्रेस रुकुमले दुःख व्यक्त गरेको छ । 
 
नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले प्रेस विज्ञप्तीमार्फत घटना प्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले आगोका कारण पिडित भएकाहरुलाई जतिसक्दो छिटो राहात उपलब्ध गराउन सरकारसँग माग समेत गरेका छन् । साथै उनले विज्ञप्ती मार्फत पिडितहरुलाई सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि अनुरोध गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ