arrow

लालीगुराँस गोल्डकप: विराटनगर र काठमाडौँ फाइनलमा

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ वैशाख १५ बुधबार
laliguransh-gold-cup.jpg.jpeg.jpeg
तेह्रथुम। काठमाडौँको दोर्जे गियर प्रालि र बिराटनगरको यातायात मजदुर युवा क्लब (टीडब्लुवाईसी) लालीगुराँस गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन्। 
 
तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा भएको खेलमा धनकुटाको जनजागृति क्लब निर्धारित समयमा उपस्थित नभएपछि बिराटनगरको यातायात मजदुर युवा क्लब वाकओभर पाएर फाइनलमा पुगेको हो भने सिंहदेवी युवा क्लब, धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँको दोर्जे गियर प्रालि फाइनलमा उत्रिएको हो।
 
दोर्जेकालागि जर्सी नंं १२ का दिनेश कार्कीले खेलको १८ औँ मिनेटमा पाएको पेनल्टीलाई गोलमा परिणत गरी १–० को अग्रता दिलाए । खेलको ३८ औँ मिनेटमा धनकुटाका जर्सी नं. १० का खेलाडी कर्ण लिम्बुले गरेको उत्कृष्ट गोलबाट खेल बराबरीमा आयो । तर त्यो धेरैबेर टिक्न सकेनँ । ४७ औँ मिनेटमा दोर्जेका पेट्रिक जोनले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो । प्रतियोगिताको फाइनल खेल बैशाख १७ गते शुक्रबार हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ।
 
गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए। प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ