arrow

'भारतका कारण अप्रिय सम्बन्ध'

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
581148091.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय नाकाबन्दीका कारण भूपरिवेष्टित मुलुकको अधिकार तथा पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौता उल्लंघन भएको बताएका छन्। 
 
अन्नपूर्ण पोष्टमा बालकुमार नेपाल लेख्छन्– उनले एकतर्फी नाकाबन्दीले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा नकारात्मक असर पारेको भन्दै त्यसलाई तत्काल सहज गर्न पनि भारतसँग आग्रह गरेका छन्।'एउटा सार्वभौम राष्ट्रले, व्यापक जनसहभागिता र लोकतान्त्रिक विधिअनुरूप जननिर्वाचित समावेशी संविधानसभाद्वारा, प्रगतिशील, जनमुखी र लोकतान्त्रिक अन्तरवस्तुसहितको संविधान जारी गर्दा यति कष्ट, पीडा र नाकाबन्दीजस्तो अमानवीय व्यवहारको सामना गर्नुपर्ला भन्ने कुरा आजको एक्काइसौं शताब्दीमा कल्पना पनि गर्न सकिने कुरा होइन। 
 
 
तर आज हामी त्यस्तै अकल्पनीय पीडा बेहोर्न बाध्य भएका छौं,’ प्रधानमन्त्री भएपछि आइतबार पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने, ‘नेपाली जनताका महान् चाडपर्वका बेलामा पनि जनताको घरमा चुलो बाल्न, एकअर्काकहाँ सहजै पुगेर माया र सद्भाव आदानप्रदान गर्नसमेत गम्भीर समस्या भोग्नुपरेको छ।'
 
प्रधानमन्त्रीले नेपालको विकासमा साझेदारी बढेका बेला नाकाबन्दीले नकारात्मक प्रभाव पार्नेबारेमा भारतलाई सचेत पनि गराए। नेपाल र नेपालीले सामना गरेको 'युद्धजस्तो परिस्थिति' मा मित्र राष्ट्र चीनले अत्यावश्यक इन्धनलगायतका वस्तु आपूर्तिमा पुर्‍याएको सहयोगको सराहना गर्दै उनले आगामी दिनमा पनि व्यापार र विविधीकरणमा विशेष प्राथमिकता दिने विश्वास व्यक्त गरे।
 
ओलीले भारतीय नाकाबन्दीका कारण नेपाल र नेपालीले गत वैशाखमा आएको विनाशकारी भूकम्पले भन्दा बढी क्षति बेहोर्नुपरेको पनि बताए। उनले भने, 'जारी बन्दहडताल र दक्षिणी सीमा इलाकामा भएको अघोषित नाकाबन्दीले आर्थिक, सामाजिक र मनोवैज्ञानिक हिसाबमा भूकम्पबाट भन्दा धेरै गुणा क्षति पुगेको छ। यसले तराईमधेसका जनतालाई समेत आक्रान्त तुल्याएको छ।'
 
विभिन्न बहानामा नेपाल-भारत सीमा नाकामा आयात-निर्यात अवरुद्ध गरिँदा नेपालले गम्भीर मानवीय संकटको सामना गर्नुपरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, 'इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक वस्तु बोकेका सयौं ट्रक भारततर्फको सीमा क्षेत्रमा रोकिएका छन्। फलस्वरूप इन्धन र औषधी समेतको अभाव भई बिरामीहरूको जीवन जोखिममा परेको छ।'
 
औषधोपचार र पोषणयुक्त खाना अभावमा बालबालिकाहरूको जीवन पनि खतरामा परेको उनले बताए। रगत संकलन गर्ने प्याकेटहरूको कमीले ब्लड बैंकहरूमा रगत अभाव भएबाट सुत्केरी र शल्यक्रिया गर्नुपर्ने बिरामी उच्च जोखिममा परेको स्पष्ट पार्दै उनले भने, ‘यसरी युद्धको बेलामा समेत हुन नहुने संकट देखापरेको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ