arrow

डडेल्धुरामा पुनः आगलागी

logo
टेकराज अवस्थी.
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
dadeldhura-bag-bazar.gif.jpeg
डडेल्धुरा  । डडेल्धुरा सदरमुकाममा चौथो पटक भिषण आगलागि भएको छ । सँगै रहेका मदनप्रकाश किराना पसल र बैजनाथ सिरखगद्दा पसलबाट शुरु भएको भनिएको आगोले डडेल्धुरा सदरमुकामको मुख्य बजारमा २ पसल जलेर पुर्ण नष्ट भएका छन् । सुदूरपश्चिम मुख्यद्धारका रुपमा रहेको डडेल्धुरा सदरमुकामको बिच भागमा आज बिहान करिब ७ बजे लागेको आगो निभाउन तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मी , स्थानीयबासी व्यापारी तथा सर्बसाधारण  जुटेका थिए ।
 
अढाई घण्टाको अथक प्रयास पछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको कडा उद्धार पछि आगो नियन्त्रणमा आए पनि दुई पसलहरुमा आगलागी भएर पुरा क्षति भएको छ । प्रहरीको प्रारम्भीक अनुसंधानमा बिजुलीको तार सर्ट भएर आगो सल्केको  बताएको छ । आगलागी निभाउन अमरगढी नगरपालिकाको दमकल नआएपछि स्थानीयको आक्रोसमा अमरगढी नगरपालिकाको कार्यालयमा कार्यकारी अधिकृतको कार्यकक्ष , ईन्जिनियर कार्यकक्ष , लेखा शाखा लगायतका कार्यालय कार्यकक्षहरुमा तोडफोड गरि लाखौंको क्षति पुगाएका छन् । 
 
स्थानीयले डोजर र उपलब्ध पानीको श्रोत परिचालन गरि आगो निभाउन सफल भएका छन भने भएको क्षतीको बिस्तृत बिबरण अनुसन्धान भोलीबाट शुरु हुने दैवीप्रकोप उद्दार समिति डडेल्धुराले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार  १ करोड रुपैयाँ बराबर क्षति भएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ