arrow

एन्फा अध्यक्ष गणेश थापा भ्रष्टाचारी ठहर, खेलकुद गतिविधिमा १० वर्ष प्रतिबन्ध, अख्तियारको नाता चलेन

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1537035628.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा सांसद गणेश थापा भ्रष्टाचारी ठहरिएका छन् । भ्रष्टाचारी ठहर उनलाई विश्व फुटबल संघ फिफाले सबै किसिमका फुटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
 
फिफाको नैतिक तथा अनुशासन समितिले सोमबार विज्ञप्ति जारी गर्दै थापालाई आजकै मितिदेखि लागू हुनेगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनैपनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
 
सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समिति र एसियल फुटबल कन्फेडेरेसन (एएफसी) को चुनाबमा थापाले पारिवारिक लाभ पुग्ने गरी घुस लिइ भ्रस्ट्राचार गरेको आचार संहितासम्बन्धी कमिटीले ठहर गरेको हो । समितिले थापाले पटक–पटक पदको दुरुपयोग गर्दै आर्थिक अपचलन गरेको भन्दै फिफाले १० वर्षको प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ । 
 
साथै थापालाई २० हजार स्वीस फ्र्यांक अर्थात् करिब २१ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।  विवादास्पद अध्यक्ष गणेश थापाविष्द्ध फुटबलसंघकै असन्तुष्ट पक्षले छानविनको माग गर्दे आएको थियो भने उनी फिफाको निगरानीमा समेत थिए ।   फिफाको अनुशासन समिति प्रमुख कर्नेल बब्र्लीद्वारा गठित छानविन समितिले थापालाई कारबाही निर्णय गरेको हो ।
 
थापाले भ्रस्ट्राचार गरी अकुत सम्पत्ति कमाएको विषय चर्चामा आइरहेकै बेला गत भदौ १३ गते राप्रपा नेपालले उनलाई संसद सदस्यमा नियुक्ति गरेको थियो । थापा राप्रपा नेपालका अध्यक्ष एवं उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाका आफ्नै भाई हुन् ।
 
यसअघि संसदको सार्वजनिक लेखा समितिले गणेश थापाले ५८ करोड रूपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । संसदीय समितिले एन्फा अध्यक्ष थापाले अनियमितता गरेको ठहर गरे पनि लोकमान सिंह कार्की प्रमुख आयुक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अनुसन्धान रोक्ने निर्णय गरेको थियो ।
 
थापाबिरूद्ध अख्तियारले अनुसन्धान नगर्नुको पछाडी थापा—कार्कीबीचको पारिवारिक सम्बन्धनै मुख्य कडी रहेको टिप्पणी हुने गरेको छ । गणेश थापा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा कमल थापा गृहमन्त्री थिए भने कार्की ज्ञानेन्द्र सरकारका मुख्य सचिव थिए । 
 
यस्तै, थापाको कार्यशैलीलाई लिएर एन्फाभित्र आन्तरिक विवाद चुलिएकै छ भने असन्तुष्ट पक्षका कर्मा छिरिङ शेर्पा, पङ्कज नेम्वाङ लगायतले  कयौं पटक बैठक बहिस्कार गर्दै छानविनको माग गरेका थिए । तस्वीर:एन्फा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ