arrow

बझाङ केन्द्रबिन्दु भएर गयो ४.२ रेक्टर स्केलको भुकम्प

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ वैशाख १८ शनिबार
bajhang.jpg.jpeg
बझाङ । बझाङ  केन्द्रबिन्दु भएर शनिबार दिउसो १२ बजेर २८ मिनेटमा  भुकम्प गएको छ ।   भुकम्प  पछि स्थानिय क्षेत्रमा त्रास फैलिएको छ । शनिबार दिउसो ४ दसमलब २ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प बाट कुनै किसमको क्षति भने भएको छैन् । प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले भुकम्प बाट क्षति नभएको बताउदै यसका लागी सुरक्षाकर्मीहरुलाई तयार राखेको बताए  । अधिकारीले हाल सम्म जिल्ला कारागारको अबस्था कमजोर भएका कारण क्षति हुन सक्ने सम्भाबित भए पनि त्यसमा कुनै किसमको क्षती नभएको जनाए ।
 
  एक्कासी जमिन हल्लीन थाले पछि स्थानियहरु  भागेर सुरक्षीत स्थान गएका थिए । भुकम्प फेरी पनि आउन सक्ने भन्दै स्थानियबासीहरु आफ्नो सुरक्षाको बारे चिन्तित छन् । चैनपुर बसोबास भएका बालमिकी जोशीले भुकम्पबाट बच्नका लागी सुरक्षित स्थान आबस्यक पर्ने भएको भन्दै यसमा धेरै होसियारी हुनु पर्ने बताए ।
 
 उनले राति  भुकम्प गए के गर्ने भन्ने चिन्ता बढेको सुनाए  । भुकम्पका जहिले पनि जतीबेला पनि जान सक्ने भएकाले पूर्ब तयारीका साथ बस्न स्थानिय प्रशासनले सबैमा आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भुकम्पले देश लाई ठूलो संकटमा पारेको बताउदै स्थानियहरुलाई  पूर्व तयारीका साथ सुरक्षित स्थानको पहिचान गर्न समेत आग्रह गरेको छ । यस अघि २०३७ ,२०२३ र २०९० सालको भुकम्पले बझाङमा ठूलो क्षति पुर्याएको बुढापाकाहरु बताउन्छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ