arrow

संविधान कार्यान्वयन नहोस् भन्नेविरुद्ध ईश्वर खनिए

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
iswor-g.jpg.jpeg
काठमाडौ । एमाले महासचिव इश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयन नहोस् भन्नेहरुविरुद्ध खबरदारी र भण्डाफोर अभियान छेड्नुपर्ने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले १ सय २७ औं मे दिवसको अवसरमा  भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले प्रमुख पार्टीहरुको सहमतिमा संविधानको कार्यान्वयनमा गराउनुपर्ने आवश्यकता औंल्याए । उनले भने ʽयो संविधान कसैको बक्सिस होईन र आयात गरिएको पनि होईन, अहिले पनि यो संबिधान कार्यान्वयन नहोस् भन्ने कुपात्रहरु देखिएका छन्, तिनीहरुलाई नांगेझार पार्नुपर्छ, उनीहरुविरुद्ध खबरदारी र झण्डाफोर गर्न जरुरी छ ।ʼ पोखरेलले भने, ʽराष्ट्रिय स्वाभीमानका पक्षमा एक हुनेहरुले यो संबिधान कार्यान्वयनमा लैजानुपर्नेछ ।ʼ
 
एक महिनापछि सरकारले ल्याउने नीति तथा कार्यक्रमले एमालेको सपना र जनतालाई समृद्ध पार्ने विषय उजागर गर्ने महासचिव पोखरेलको जिकिर छ । अब नेपाल भारतवेष्ठित होईन भूपरिवेष्ठित देशको रुपमा स्वतन्त्र भएको उनको भनाई थियो । कार्यक्रममा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार एवं जिफन्टका अध्यक्ष विष्णु रिमालले श्रमिकहरुको न्यूनतम ज्यालाको चरण समाप्त भएको भन्दै उचित ज्यालाको बिगुल फुक्न श्रमिकहरुलाई आब्हान गरेका छन् । संविधानको कार्यान्वयनमा दबाब सिर्जना गर्न श्रमिकहरुलाई निर्देशन दिंदै पुँजी र श्रमको सहअस्तित्व कायम हुने गरी कानुन संशोधनको चरणमा रहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ