arrow

संवैधानिक परिषद् बैठकः प्रधानन्यायाधीशमा कार्की सिफारिस

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
oli-cabinet-meeting-widgetsp-2.jpg.jpeg
काठमाडौँ। संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको सो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए।
 
परिषद्को यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानिकता प्राप्त गरेको थिएन।
 
दुईपटक सिफारिसको निर्णय गर्नुपरेको हो भन्ने प्रश्नमा मन्त्री खरेलले भने – “परिषद्को आजको निर्णय नै अन्तिम निर्णय हो।” यसअघि चैत २८ गते संवैधानिक परिषद्को बैठक बसेको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ