arrow

राष्ट्रपतिबाट छठको शुुभ–कामना : ‘हातेमालो गर्दै अगाडी बढ्न प्रेरणा मिलोस’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1505854723.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिथिलाञ्चलको मुख्य पर्व छठले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका साथ समृद्ध राष्ट्र निर्माण गर्न हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा भन्दै शुभ–कामना दिनु भएको छ । 
 
उहाँले सूर्य देवता र छठीमाताको पूजाआराधना गरी मनाइने छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 
 
राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने तथा खुसी एवम् मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र समाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्नुभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ