arrow

अशिष्माको रुप देखेर जोगी भए बेहाल (भिडियो)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1976167513.jpeg
काठमाडौँ । गायक टंक बुढाथोकीको थारु गीत ‘ओए लब्ली तिम्रो’को नेपाली भर्सन बनेको छ । हालै सार्वजनिक भएको भिडियोमा अभिनेत्री अशिष्मा नकर्मीले थारु मोडल नरेश जोगीसँग रोमान्स गरेकी छिन् । 

प्रकाश मिश्रको शब्द रहेको गीतमा टंक स्वयम्ले संगीत गरेका छन् । रुपेश उप्रेतीले भिडियो निर्देशन गरेको गीतमा अशिष्मा र नरेशले नाचेका छन् ।  ‘काली तिम्रो नजरैले’बोलको गीतबाट चर्चामा आएका गायक बुढाथोकीले गीतको थारु भर्सनबाट राम्रो प्रतिक्रिया मिलेपछि नेपाली भर्सन बनाएको बताए । यो भिडियोबाट आफुले मोडलिङमा फड्को मार्ने आशा राखेको मोडल जोगीले बताए। 

राजु केसीले खिचेको यो भिडियोलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । भिडियो निर्देशनमा गोविन्द मुखियाले सहयोग गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ