arrow

सडक दुर्घटनामा आठको मृत्यु

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
bangladesh.jpg.jpeg
ढाका। बङ्गलादेशको माइमेनसिङ्ग जिल्लामा बिहीबार अपराह्न एक ट्रकले अर्को सवारी साधनललाई दिएको ठक्करबाट भएको दुर्घटनामा परी आठ व्यक्तिले ज्यान गुमाएका छन् । राजधानी ढाकाबाट १२२ किलोमिटर टाढा रहेको सो स्थानमा दुर्घटना भएको जनाइएको छ ।
 
उक्त दुर्घटनामा तीन व्यक्तिको घटना स्थलमै मृत्यु भएको र बाँकी पाँचको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको माइमेनसिङ्गको कोत्वाली प्रहरी चौकीका अधिकारी अलि मोहमान्द अलि सेखले बताए। 
 
स्थानीय समयाअनुसार बिहीबार मध्याह्न १२ बजे सो घटना भएको बताइएको छ । यस दुर्घटनाको कारण भने अनुसन्धानरत् रहेको जनाइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ