arrow

साइबर क्राइमको अभियोगमा पत्रकार पक्राउ

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
Bhadragol-Kirat.jpg.jpeg
काठमाडौं । साइबर क्राइमको अभियोगमा पत्रकार मनोजकुमार राई (भद्रगोल किराती)लाई प्रहरीले पक्राऊ गरेको छ । ‘गाउँले’ मासिकका सम्पादक/ प्रकाशकसमेत रहेका राईलाई शुक्रबार दिउँसो छलफल गर्न भनी  प्रहरीले पक्राउ गरेको हो । 
 
हाल प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई शुक्रबार दिउँसो दुई बजे प्रहरी वृत्त कमलपोखरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई हनुमानढोका पुर्‍याएको थियो । 
 
भक्तकुमार राई उर्फ गड एन्जलबारे खोजमूलक रिपोर्ट प्रकाशित गर्दै सामाजिक सञ्जालमा समेत प्रकाशित गर्दै आइरहेका राईलाई साइबरक्राइमको मुद्दा दर्ता गरी हिरासतमा लिइएको छ । उनलाई प्रहरी परिसर काठमाडौंले ५:२० बजे पक्राउ पुर्जी थम्याउँदै थुनामा राखेको छ । 
 
स्रोतका अनुसार राईले गडएन्जलबारे खोजमूलक पुस्तक ‘गड होइन ठग एन्जल’ बाहिर ल्याउने तयारीमा थिए । यसैका निम्ति शनिबार (भोलि) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका राईलाई ईलाम जिल्ला निवासी हेंखामा हाङखिमको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ