arrow

एनसेलले बुझायो नौ अर्ब ९६ करोड

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
ncell.jpg.jpeg
काठमाडौं  । निजी टेलिकम्युनिकेशन कम्पनी एनसेलले पुँजीगत लाभकर वापतको केही रकम नेपाल सरकारलाई बुझाएको छ । आइतबार एनसेलले अन्तिम करकट्टिबापतको नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार चार रूपैयाँ ठूला करदाता कार्यालयमा बुझाएको कार्यालयका प्रमुख शोभाकान्त पौडेलले जानकारी दिए । 
 
उनले एनसेलले थप विवरण दिनै बाँकी रहेकोले अहिले नै अब कति रकम असुल गर्न बाँकी छ भन्ने कुरा निक्र्याैल भई नसकेको पनि जानकारी दिए । विभिन्न आमसञ्चार सरकारी निकाय तथा सामाजिक सञ्जालमा समेत लामो समय बहसको विषय बनेको एनसेलको करले केही समय नेपाली कर क्षेत्रलाई नै तरंगित बनाइरहेकाे थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ