arrow

केही नबोली सार्वजनिक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1549038843.jpeg
काठमाडौं । चाडवाड नजिकिंदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा विभिन्न नयाँ नयाँ गीत सङ्गीतहरुको सार्वजानिक हुने क्रम बढिरहेको छ ्र यसैबीच  गायक शेखर च्यान लामाको स्वरमा रहेको गजल गीत केहि नबोलीको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

अहिलेको निकै चर्चित र ब्यस्त मोडेल बिनोद न्यौपाने र एलिशा राइ द्वारा अभिनित यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन गुरुङले निर्देशन तथा छायांकन गरेका छन् ्र
साहस शाक्यको शब्द संगीत तथा संगीत संयोजनमा तैयार पारेको यस गीतको म्युजिक भिडियोमा फोटोपत्रकार नबिन गुरुङको निर्देशन तथा छायांकन शैली निकै नै उत्कृष्ट देखिएको छ भने मोडल द्वय बिनोद र एलिशा राइको अभिनय पनि निकै प्रशंसनीय देख्न सकिन्छ ।

नेपाली म्युजिक भिडियोमा एक समय एकछत्र राज गरेका म्युजिक भिडियो निर्माता तथा सम्पादक मोक्ष प्रोडक्सनका निर्देशक प्रविन श्रेष्टले यस म्युजिक भिडियोलाई सम्पादन गरेका छन् ।

म्युजिक भिडियो छोटो अनि मिठो छ , भिडियो  हेर्दा हेर्दै सकिएको पत्तै पत्तै पाइदैन भन्दै म्युजिक भिडियो असाधयै उत्कृष्ट बनेको सम्पादक प्रविन श्रेष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ