arrow

खेल विकासका लागि मैदान, २० हजार वर्ग मिटर जग्गादान

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ वैशाख २७ सोमबार
photo-sport-bajhang.jpg.jpeg
बझाङ । ग्रामीण भेगको खेल विकासका लागि भैरवनाथ गाविस झोताका स्थानीयले २० हजार वर्ग मिटर जग्गादान गरेका छन् । खेल मैदान नभएर खेलकुदको अभ्यास गर्न नपाएका ग्रामीण भेगका युवाहरु निशुल्क खेल मैदान पाए पछि उत्साही भएका छन् । 
भैरवनाथ गाविस झोताका स्थानीय २२ परिरवारले भैरव उच्च मावि झोताको तल्लो २० हजार वर्ग मिटर जमिन निस्शुल्क खेल मैदानका लागि दान गरेका हुन् ।  स्थानीय दरभाउ अनुसार सो जमिन ६० लाख बराबरको छ ।
 
झोताका देव गिरी, पदम गिरी, गोबिन्द गिरी, लोकेन्द्र खडायत, मान बहादुर बिष्ट, खड्क गिरी, धन गिरी लगायतका २२ परिवारले संयुक्त रुपमा जग्गाको कित्ता काट गरी खेलकुद समितीलाई दिएको झोताका खड्क गिरीले बताए । उनले भने, ‘भविष्यमा आफ्ना बालबालिकाको खेल विकास र झोताको  महत्व बढाउन हामीले जग्गादान गरेका हौं  ।’ गाँउलेले निशुल्क खेल मैदानका लागि २ सय २० मिटर लम्वाई र एक सय मिटर चौडाई रहेको खुल्ला चौर पाएपछि जिल्ला खेलकुद विकास समितीले यस खेल मैदानलाई क्षेत्र नम्बर दुईको खेल मैदानका रुपमा विकास गर्ने खेलकुद विकास समितीका अध्यक्ष प्रकाश बहादुर सिहले बताए ।  
 
खेल मैदानको हामी लाई साह्रै समस्या थियो अध्यक्ष सिंहले भने, ‘अब यो खेल मैदानको  घेरबार  बस्ने सिडीहरु बनाउने योजना रहेको छ ।’ सेती नदीको किनारामा रहेको खाली चौरमा हाल डोजर लागाएर सम्याउने काम भइरहेको छ । सदरमुकाम चैनपुर लगायत जिल्लामै खेलमैदान नभएर सिंगो खेल क्षेत्रको विकास हुन सकेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ