arrow

केसीले संसद थर्काए, नीति तथा कार्यक्रम झुटको पुलिन्दा

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
sansad-@@@.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम ‘झुटको पुलिन्दा’ भएको टिप्पणी गरेको छ । व्यवस्थापिका–संसदको वुधबारको बैठकको सुरुमै कांग्रेस सांसद अर्जुननरसिंह केसीले भूकम्पपीडित जनतालाई राहत दिनुको साटो हरेक गाविस र गाउँमा ‘हेलिप्याड’ बनाउने कार्यक्रम राखेर लोकप्रिय बन्ने प्रयास गरेको आरोप लगाए ।

व्यापार घाटा घटाउने तर्फ सरकारले ध्यान नदिएको, आर्थिक वृद्धिदर १४ वर्षपछि ०.७७ प्रतिशतमा सीमित हुन पुगेको, भूकम्पपीडितले राहत नपाएको, लामो समयदेखि आन्दोलनरत मधेसवादी दल, थारु, आदिवासी जनजातीको माग सम्बोधन गर्न नसकेको भन्दै सांसद केसीले व्यवहारिक र वस्तुनिष्ठ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

बाढिपीडित, अग्निपीडित जनतालाई राहत दिने तर्फ कुनै प्रयास नगरेको उल्लेख गर्दै नेता केसीले सबै पक्षको सहमतिमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा सत्तागठबन्धनमा सहभागी दलसँगै छलफल नभएको गुनासो आइरहेका बेला निर्वाचन कसरी हुनसक्छ भन्ने प्रश्न गरे ?
यद्यपि,  मुख्य सत्तारुढ दल एमाले सांसदले भने सरकारको नीति तथा कार्यक्रम समय सान्दर्भिक र वस्तुनिष्ठ रहेको भन्दै प्रतिरक्षा गरे ।

एमाले सांसद अष्टलक्ष्मी शाक्यले संविधानको सहज कार्यान्वयनका लागि सरकारले नीति तथा कार्यक्रम अगाडि सारेको, लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन गर्ने घोषणा हुनु, भूकम्पपीडितलाई एक घर एक रोजगार दिने, आगामी पाँच वर्ष्भित्र भूकम्प प्रभावित सबै संरचनाको निर्माण गर्ने, समृद्ध तराई–मधेस सिँचाइ कार्यक्रम अगाडि बढाउने घोषणा उल्लेख्य रहेको बताइन् । रुग्ण उद्योग चलाउनुपर्ने, खानेपानी, विद्युत् आपूर्ति सहज बनाउन र जनतालाई राहत प्रदान गर्न सरकारले विशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ