arrow

भारतमा बस दुर्घटनामा १४ को मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1682102978.jpeg
नयाँ दिल्ली । भारतमा सोमबार राति र मङ्गलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी १४ जनाको ज्यान गएको समाचार छ । समाचारअनुसार भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनामा अरु ५० जना घाइते भएका छन् । मध्ये प्रदेशको सात्ना जिल्लामा भएको सडक दुर्घटनामा सात जनाको ज्यान गएको छ । कम्तीमा पनि ५० जना यात्रु बोकेर गइरहेको एक बस उक्त जिल्लामा रहेको एक नदीको खोँचमा खस्दा त्यस बसमा रहेका सातजना यात्रुको ज्यान गएको छ । 
 
त्यसमा रहेका ३६ जना यात्रु नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको पनि बताइएको छ । त्यसैगरी सो प्रान्तको धार जिल्लाको गुनबाट सडकमा एक कार बससँग ठक्कार खाँदा अर्को दुर्घटना भएको पनि अधिकारीहरुले जनाएका छन् । 
 
त्यसमा परी थप सातजनाको ज्यान गएको छ भने बसमा रहेका १४ जना यात्रु घाइते भएका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ