arrow

श्रीलङ्काली पूर्वअर्थमन्त्री राजपाक्छे आर्थिक अनियमितताको आरोपमा पक्राउ

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
basil_rajapakse_1.png.jpg.jpeg
कोलम्बो । श्रीलङ्काका पूर्व अर्थमन्त्री बसिल राजपाक्छेलाई बिहीबार प्रहरीले पक्राउ गरेको समाचार छ ।राजपाक्छेलाई बिहीबार उनको निवास कोलम्बोबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । आर्थिक अनियमिताको आरोपमा राजपाक्छे पक्राउ परेका हुन् । 
 
उनी श्रीलङ्काली पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेका भाई हुन् । श्रीलङ्काली प्रहरीको आर्थिक अपराध अनुसन्धान ब्युरोले उनलाई बिहीबार नियन्त्रणमा लिएको जनाएको छ । राजपाक्छे आर्थिक अनियमितामा मुछिएको पाइएकोले उनीमाथि थप छानबीन गर्न पक्राउ गरिएको प्रंहरीले जनाएको समाचारमा जनाइएको छ । 
 
राजपाक्छे यस्तो आर्थिक मुद्धामा गतवर्ष पनि पक्राउ परेका थिए । त्यस समयमा भने उनी धरौटीमा रिहा भएका थिए । यस पटकको मुद्दाका बारेमा प्रहरीले केही भनेको छैन । यस पटक नियन्त्रणमा लिइएको मात्र जानकारी दिएको छ र यस विषयमा थप जानकारी दिइने प्रहरीले जनाएको छ । 
 
राजपाक्छे यसअघि पनि आर्थिक क्रियाकलापमा पर्ने गर्नुभएको श्रीलङ्काली सञ्चारमाध्यले दिएका छन् । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ