arrow

तोकिएको तिथीमा स्थानीय निकायको निर्वाचन गरौं : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
pm-oli--FNL-i.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका जिज्ञासाको जवाफ दिइएका छन् । ओलीले जवाफ दिँदै कतिपय जिज्ञासाहरु स्वभाविक भएको बताए । प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणबारे बढी समय खर्चिएका छन् । उनले २ वर्ष भित्र नीजि घर निर्माण गरी सक्ने बताएका छन् । जसका लागि सरकारले पाँच वर्षीय कार्ययोजना अघि सारेको बताए ।

प्रधानमन्त्री ओलीले स्थानीय निकायको निर्वाचन हुनै पर्नेमा जोड दिएका छन् । ओलीले भने, ‘केही माननीयहरुले स्थानीय निकायको सीमा निर्धारण गर्ने आयोगको समस्याका कारण निर्वाचन गर्न नसकिने भनेकामा, त्यसो नभई स्थानीय तहको पुनःसंरचना गर्न केही समय लाग्ने छ ।’ झण्डै डेढ दशक स्थानीय निकाय जनप्रतिनीधिविहिन रहिसकेकाले अब निर्वाचन अपरिहार्य छ ।

ओलीले तोकिएको तिथीमा स्थानीय निकायको निर्वाचन गर्न सबैलाई आग्रह गरे । कतिपय सांसदहरुले संवैधानिक अड्चन औंल्याएको भन्दै ओलीले संवैधानिक व्यवस्था अनुकुल नै निर्णय भएको सुनाए । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले माग गरे बमोजिमको स्रोत साधन उपलब्ध गराउन सरकार तयार रहेको बताए । ओलीले शान्ति प्रक्रियामा प्रतिवद्ध दलसंग छलफल र सहकार्य गरी बाँकी कामहरु पूरा गरिने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ