arrow

अङ्ग्रेजी पढ्न थाले चिनियाँ बालबालिका

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
chinaenflish.jpg.jpeg
बेइजिङ। पहिलेको तुलनामा धेरै चिनियाँ बालबालिकाले अङ्ग्रेजी भाषा पढ्न थालेको एक अध्ययनले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको एक अध्ययनका अनुसार चीनका करिब ७० प्रतिशत बालबालिकाले अङ्ग्रेजी भाषा पढ्न थालेको पाइएको छ । 
 
चिनियाँ एक दैनिक पत्रिकाले उक्त सर्वेक्षणलाई उद्धृत गरी शुक्रबार दिएको समाचारमा यस्तो देखिएको उल्लेख छ । सो सर्वेक्षणअनुसार चीनका ६७.९ प्रतिशत बालबालिकाले उनीहरुको उमेर पाँच वर्ष पुग्नुअगावै अङ्ग्रेजी भाषा सिक्न थालेको देखिएको छ । 
 
चीनका करिब ७० प्रतिशतको हाराहारीका बालबालिकाले विद्यालय जानुपूर्व नै अङ्ग्रेजी भाषा सिक्न थालेका छन् । उनीहरुलाई विद्यालय जानु अगावै अङ्ग्रेजी सिकाउन थालिएको हुन्छ । 
 
चिनियाँ दैनिक पत्रिका दि चाइना युथ डेलीको शुक्रबारको अङ्कमा सो समाचारमा छापिएको छ । उक्त सर्वेक्षणका अनुसार ३ देखि ५ वर्षका करिब ५९ प्रतिशत बालबालिकाले अङ्ग्रेजी भाषा सिक्न थालिसकेका हुन्छन् । त्यस्तै ३ वर्षभन्दा कम उमेरमै पनि करिब ७.८ प्रतिशत बालबालिकालाई अङ्ग्रेजी अक्षर सिकाउने गरिएको पनि सो अनुसन्धानमा देखिएको छ । 
 
सो अध्ययनले चिनियाँ ती बालबालिकामध्ये करिब ७५.१ प्रतिशतले त दिनमा एक घन्टाभन्दा बढी नै समय अङ्ग्रेजी भाषा पढ्ने गरेको देखाएको छ । उनीहरुलाई अङ्ग्रेजी भाषाको सिकाइका लागि घरमा पनि विशेष व्यवस्था मिलाउने गरिएको देखिएको सो अध्ययनमा पाइएको छ । त्यसैगरी ५७ प्रतिशत बालबालिकालाई एक देखि दुई घन्टासम्म अङ्ग्रेजी पढाउने गरिएको पाइएको पनि सो अनुसन्धानम देखिन्छ । 
 
चीनमा पछिल्लो समयमा अङ्ग्रेजी भाषालाई पनि महत्व दिने गरिएको छ । चीनमा अङ्ग्रेजी भाषाको पठन पाठनको विषय हाल बहसको विषय पनि बन्ने गरेको बताइन्छ । यो पछिल्लो अध्ययन राजधानी बेइजिङ्मा अवस्थित बेइजिङ एजुकेशन इन्स्टिच्युटले गरेको हो । सो इन्स्टिच्युटले चीनमा अङ्ग्रेजी भाषा पढाउने गर्छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ