arrow

ग्रीस पुग्ने आप्रवासीको सङ्ख्यामा नाटकीयरुपमा कमी

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
जेनेभा (स्वीट्जरल्यान्ड)। टर्की तथा युरोपियन युनियन (ईयू) बीच भएको भनिएको विवादास्पद सहमतिपश्चात अप्रिल महिनामा विभिन्न एसियाली तथा अफ्रिकी मुलुकबाट शरणार्थीका रुपमा ग्रीस पुग्ने शरणार्थीमा व्यापक एवम् नाटकीयरुपमा कमी आएको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) ले शुक्रबार जनाएको छ । 
 
आईओएमका अनुसार मार्च महिनामा २६ हजार ९७१ आप्रवासी शरणार्थी ग्रीसको विभिन्न टापुमा पुगेका थिए । यो सङ्ख्यामा अप्रिल महिनामा ८८ प्रतिशतले गिरावट आएको छ । यो ग्रीस प्रवेश गर्ने शरणार्थी सङ्ख्यामा आएको नाटकीय परिवर्तन टर्की र ईयूबीच भएको गोप्य समझदारीका कारण भएको आईओएमको ठम्याइ छ ।
 
ईयूको सीमाक्षेत्र हेर्ने संस्था फ्रन्टेकसले पनि आप्रवासी आगमनमा व्यापक कमीभएको बताउँदै आफ्नो रेकर्डअनुसार अप्रिलमा दुई हजार ७०० मानिस शरणार्थीका रुपमा ग्रीस प्रवेश गरेको जनाएको छ । अप्रिल महिनाभरी ग्रीसको लेसबस वरपर आइपुगेका शरणार्थी संस्था बराबर यस पहिले झण्डै यसै हाराहारीमा दैनिक प्रवेश गर्ने गरेका फ्रन्टेक्स प्रमुख क्याब्रिस लेगेरीले बताए । 
 
सन् २०१५ को जुनपछि सिरिया, इराक, अफगानिस्तानलगायतका एसियाली तथा केही अफ्रिकी मुलुकबाट शरणार्थीका रुपमा ग्रीस पुग्ने सङ्ख्या सोही कारण इटाली पुग्ने जनसङ्ख्याभन्दा ह्वात्तै बढेर गएको थियो । अहिलेसम्म द्वन्द्वलगायत गरिबीका कारण शरणार्थीको रुपमा यस वर्ष सामुद्रिक इलाका हुँदै युरोप पुगेका शरणार्थीको सङ्ख्या एक लाख ८७ हजार ९२० पुगेको थियो । 
 
यसमध्ये एक लाख ५५ हजार ७६५ ग्रीस पुगेका थिए भने ३१ हजार मानिस इटाली पुगेका थिए । तर अप्रिलमा इटालीमा नौ हजार १४९ शरणार्थी प्रवेश गरेको पाइएको आईओएमले जनाएको छ । इयू–टर्कीबीच भएको भनिएको विवादास्पद सहमती पश्चात ग्रिसको बाटो यूरोप पुग्ने गरेका सिरिया लगायतका आप्रबासी शरणार्थी इटाली तथा उत्तर अफ्रिकाको बाटो यूरोप तथा अमेरिका छिर्नेगरेका अनुमान गरिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ