arrow

भारतमा २४ घन्टाभित्र दुई पत्रकारको हत्या

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
timthumb.jpg.jpeg
नयाँ दिल्ली । भारतको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्रै दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको छ । 
 
पत्रकारका लागि असुरक्षित मानिने एक एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसाको यो पछिल्लो शृंखला भएको सञ्चारमाध्यममा आएको छ । प्रहरी र स्थानीय सम्वाददाताहरुले दिएको जानकारी अनुसार २४ घन्टायता पूर्वी भारतीय क्षेत्रमा यी दुई सम्वाददाता अज्ञात व्यक्तिको गोलीको निसाना बनेका हुन् । 
 
मारिनेमा एकजना राजदेव रञ्जन हुन् । उनी हिन्दी भाषाको पत्रिका हिन्दुस्तान दैनिकका स्थानीय ब्युरो प्रमुख हुन् । उनी बिहारका स्थानीय हुन् । उनी शुक्रबार राति मोटर साइकलमा आफ्नो घरतर्फ जादै गर्दा अज्ञात व्यक्तिले बिहारमा गोली हानी उनको हत्या गरेका थिए । 
 
उक्त पत्रिकाका स्थानीय सम्वाददाताहरुले दिएको जानकारीअनुसार उनलाई एक समूहमा रहेका व्यक्तिले निशाना बनाएका थिए । उनको शरीरमा पाँच वटा गोली लागेका देखिएको प्रहरीले जनाएको छ । उनलाई निकै नजिकबाटै गोली हानिएको छ– उनका एकजना साथीले भनेका छन् । 
 
हामीले चाँडै नै अस्पताल त पुर्‍यायौँ तर बचाउन सकेनौँ, उनले भने । उनलाई अस्पताल पुर्‍याउनासाथै मृत घोषित गरिएको सिवान जिल्लाका प्रहरी प्रमुखले जानकारी दिएका छन् । 
 
त्यस्तै मारिने अर्का पत्रकार अखिलेस प्रताप सिंह हुन् । उनी टेलिभिजन पत्रकार हुन् । उनलाई पनि बिहीबार मोटरसाइकलमा आफ्नो घरतर्फ जाने क्रममा नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । उनको हत्या झारखण्डमा भएको थियो । पत्रकार सिंह झारखण्डकै स्थानीय पत्रकार हुन् । 
 
झारखण्डका एकजना वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादलाई उद्धृतगर्दै भारतीय पत्रिका इन्डियन एक्सप्रेसले सो समाचार दिएको छ । उक्त पत्रिकासँग उपेन्द्रले भनेका छन्– पत्रकार सिंहको हत्याराको बारेमा अझैपनि पत्ता लागेको छैन र ती हत्यारा पनि मोटर साइकलमा आएका थिए भन्ने बारेमा भने हामीले थाहा पाएका छौँ । 
 
यी दुवै पत्रकारका हत्यारा पक्राउ गर्न सकिएको छैन । प्रहरीले हत्याको आरोपमा केही व्यक्तिाई नियन्त्रणमा लिइएको भएपनि हत्यारा पक्राउ पर्न सकेका छैनन् भनेको छ । 
 
भारतमा पत्रकारहरु धेरै मारिने गर्छन् । पेरिसमा केन्द्रीय कार्यालय रहेको विश्वका पत्रकारहरुको सुरक्षासम्बन्धी एक अन्तर्राष्ट्रिय संस्थाले भारतलाई पनि पत्रकारको असुरक्षित स्थल भनेको छ । भारतमा समाचार लेखेकैका कारणले पत्रकारको ज्यान जाने गरेका समाचारहरु यसअघि पनि आउने गर्दथे । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ