arrow

इजरायल विरोधी आक्रमणमा २५ प्यालेस्टिनी बालबालिकाको मृत्यु : युनिसेफ

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
UNICEF.jpeg.jpeg
जेरुसेलम । इजरायली विरोधी आक्रमणमा गएका तीन महिनाभित्र २५ जनाभन्दा बढी प्यालेस्टिनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घ बालबालिका कोष (युनिसेफ)ले बताएको छ । 
 
इजरायल विरोधी अभियानका क्रममा बितेका सात वर्षमा कैयौँ बालबालिकालाई कैदीका रुपमा राखिएको पनि युनिसेफले एक प्रतिवेदन जारी गर्दै शनिबार जनाएको छ । युनिसेफका अनुसार एक हजार ३०० भन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । उनीहरु प्रायः वेस्ट बैंक र पूर्वी जेरुसेलममा भएका घटनामा परेका थिए । 
 
युनिसेफले सन् २०१५ को अक्टोवर २५ गते वेस्ट बैंकको हेब्रनमा १७ वर्षीया किशोरीलाई इजरायली प्रतिरक्षा बल (आइडिएफ)ले पक्राउ गरी कम्तीमा पाँच गोली हानी हत्या गरेको अनुसन्धानका क्रममा पाएको बताएको छ । 
 
उनलाई प्रहरीमाथि छुरा प्रहार गर्न खोजेको आरोपमा पक्राउ गरिएको थियो । तर प्रत्यक्षदर्शीले उक्त किशोरीले आफूले कुनै हतियार नबोकेको बताउँदाबताउँदै गोली हानी हत्या गरिएको बताएका थिए । 
 
अक्टोबरदेखि डिसेम्बरबीचको समयमा सबैभन्दा बढी चारजना बालबालिकाको विभिन्न आरोपमा हत्या गरिएको र १६५ लाई घाइते बनाइएको युनिसेफको भनाइ छ । 
 
युनिसेफले इजरायली सेनाद्वारा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पक्राउ गरेको र सन् २०१५ मा ४२२ जना बालबालिकालाई बन्दी बनाएको इजरायली कारागार सेवाले बताएको छ । 
 
यो सन् २००९ पछिको सबैभन्दा बढी बालबालिकाको बन्दी सङ्ख्या भएको कारागारले बताएको छ । इजरायलको कानुनले १२ वर्षमाथिका बालबालिकालाई पक्राउ गरी सुनुवाइमा ल्याउन अनुमति दिएको छ । 
 
अक्टोबरमा सुरु भएको प्यालेस्टाइन तथा इजरायलबीचको अशान्तिका कारण वेस्ट बैंक, पूर्वी जेरुसलामलगायतका ठाउँमा २०४ प्यालेस्टिनी र ३८ इजरायलीको मृत्यु भएको युनिसेफको दाबी छ । 
 
इजरायली सुरक्षा अधिकारीले भने धेरैजसो मृतक प्यालेस्टिनी छुरा, बन्दुक वा कार बम आक्रमणमा संलग्न हुँदा प्रतिकारका क्रममा मृत्यु भएको बताएका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ