arrow

मन्त्रालयको योजनाअनुसार १६ जिल्लाका मालपोतमा अनलाइन सेवा

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
malpot.jpg.jpeg
बागलुङ। जिल्ला मालपोत कार्यालयले अनलाइन सेवा सुरु गरेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको योजनाअनुसार अनलाइन सेवा सुरु गरिएको हो । मन्त्रालयले पहिलो चरणमा मुलुकका १६ जिल्लाका मालपोत कार्यालयमा अनलाइन सेवा सुरु गर्न लागेको हो । अनलाइन सेवामार्फत सेवाग्राहीले घरबाटै जग्गा पासका लागि आवेदन दिन सक्नेछन् । 
 
अनलाइन प्रणालीमार्फत कार्यालयले सेवाग्राहीलाई एकीकृत रुपमा सेवा प्रदान गर्ने भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराईले जानकारी दिए । अनलाइन सेवाले जग्गा, जमिनका कारोबारलाई अभिलेखीकरण गरी सेवाग्राहीलाई सहजता प्रदान गर्ने छ । “राम्रो काम गर्दागर्दै पनि विभिन्न लाञ्छना लाग्ने गरेकाले कर्मचारीलाई जिम्मेवारपूर्ण तरिकाले कार्य सम्पादन गर्न सजिलोका लागि अनलाइन सेवा सुरु गरिएको हो” महानिर्देशक भट्टराईले भने । 
 
समयअनुसार विकास भएका प्रविधिले जनशक्ति व्यवस्थापनमा सहयोग, समयको बचत, मानव जीवनमा सुगमता थप्ने हुँदा कर्मचारी पनि प्रविधिमैत्री हुनुपर्ने उनको भनाइ छ । प्रविधिको प्रयोगले प्रशासनिक कार्यलाई चुस्त, भरपर्दो र छरितो बनाउन मद्यत पुग्ने छ । कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले दक्ष जनशक्तिको अभावमा अनलाइन सेवा सञ्चालन चुनौतीपूर्ण रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ