arrow

आत्मघाती आक्रमणमा २५ यमनी प्रहरी मारिए

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
Situasi-Yaman-Saat-Ini.jpg.jpeg
एडेन  । यमनको दक्षिणपूर्वी सहर मुकालामा आइतबार भएको एक आत्मघाती आक्रमणमा परी नयाँ भर्ना भएका कम्तीमा २५ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणको इस्लामिक स्टेट (आइएस) ले दावी गरेका छन् । 
 
यसै हप्तामा आइएसले दाबी गरेको आतङ्ककारी आक्रमणमा यो दोस्रो भएको बताइएको छ । फुवाह जिल्लामा भएको यस आतङ्ककारी आक्रमणमा कम्ती ६३ जना घाइते भएको सरकारी स्रोतले जानकारी दिएको छ । 
 
आइएसले आफ्नो अनलाइनमार्फत यस आक्रमणमा उनीहरुको हात रहेको दाबी गरेका छन् । गत बिहीबार पनि मुकालाको बाहिरी इलाकामा भएको जिहादी आक्रमणमा १५ यमनी सैनिकको मृत्यु भएको थियो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ