arrow

केरीले सिरिया र लिबिया बैठक हुनुपूर्व साउदी अरबसँग वार्ता गर्ने

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
kerryjhon.jpg.jpeg
साउदी अरब । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरिया र लिबियामा व्याप्त द्वन्द्वको स्थायी समाधानका लागि बैठक हुनुपूर्व वार्तामा अमेरिकी अडानलाई बल पुर्‍याउने उद्देश्यसाथ आइतबार साउदी अरबसँग कुराकानी गरेका छन् । 
 
अमेरिकाले सिरिया एवम् लिबियाको राजनीतिक सङ्कट हल गर्न रसियाविरुद्धको शक्ति पुष्टि गर्ने उद्देश्यका साथ अरब मुलुकसँग वार्ता गरेको हो । 
 
सिरियाली राष्ट्रपति बसर अल असदलाई सहयोग पुर्‍याउँदै आएको मस्को र असदविरोधी विद्रोही सङ्गठनको संयुक्त राष्ट्रसङ्घ तथा अमेरिकी समर्थन प्राप्त संयुक्त सरकारबीच हुने वार्तामा विद्रोहीलाई बल पुर्‍याउने उद्देश्यका साथ केरीले साउदी अरबसँग कुराकानी गरेका हुन् । 
 
साउदी अरबलगायत साउदी नेतृत्वको संयुक्त सुरक्षा कारबाहीद्वारा सिरियाली तथा यमनी विद्रोहीलाई मुख्य सहयोग गर्दै आएका इजिप्ट तथा कायरोको वार्तामा मुख्य बल पुग्ने सोचले अमेरिकी विदेशमन्त्रीले वार्तापूर्व साउदी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ । 
 
साउदी अरबसँगको आइतबारको छलफलपछि अमेरिकी विदेशमन्त्री सोमबार र मङ्गलबार भियनामा हुने बैठकमा सहभागी हुन आइतबार अबेर अस्ट्रियाका लागि जाने कार्यक्रम छ । 
 
केरीले साउदी समकक्ष अदेल अल जुबैरसँग क्षेत्रीय विषयमा खास गरी सिरियाली द्वन्द्व अन्त्य सन्दर्भमा भएका पछिल्ला विकसित घटनाक्रमका बारेमा छलफल गर्नुभएको साउदी प्रेस एजेन्सीले बताएको छ । 
 
केरीले सिरिया लगायतका मध्यपूर्वी मुलुकमा अमेरिकासँगको सहकार्यमा विशेष भूमिका खेलेको भन्दै साउदी नरेश सलमानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको उक्त साउदी समाचार संस्थाले बताएको छ । साउदीमा रहँदा यहाँका उच्चपदस्थ अधिकारीसँग केरीले भेट तथा कुराकानी गरेका थिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ