arrow

सन् २०१६ को चार महिनामा अफगानिस्तानबाट १ लाख १८ हजार व्यक्ति विस्थापित

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
afgansitan.jpg.jpeg
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ र मानव अधिकारवादीहरुका अनुसार अफगानिस्तानमा जारी द्वन्द्वको कारण यस बर्षको सुरुदेखि ४ महिनाभित्रमा एक लाख १८ हजार व्यक्ति विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका उप प्रवक्ताले सोमबार सो कुरा प्रष्ट पारेका छन् । 
 
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अप्रिल महिनामा मात्र २२ हजार ४ सय व्यक्ति विस्थापित भएका प्रवक्ता फर्हान हकले दैनिक समाचार सम्प्रेषणको क्रममा बताएका हुन् ।
 
अफगानिस्तानमा तालिवान लडाकूको समूहले अफगान सरकारसँग द्वन्द्व जारी राखेको १५ बर्ष पुगेको छ । अफगान सरकारलाई सहयोग स्वरुप अफगानिस्तानमा तालिवानको युद्धमा होमिदैआएका प्रायः नेटो सैनिक पनि सन् २०१४ को अन्त्यबाट फर्किसकेका छन् । 
 
गत बर्षको जनवरी १ बाट नेटोसँग आवद्व सैनिकले अफगानिस्तानमा विद्रोही आतङ्ककारी वा सशस्त्र लडाकूसँग प्रत्यक्ष युद्ध नगर्ने तर अफगानिस्तानी सेनालाई उपलब्ध गराइ रहेको तालिम, युद्धकला प्रशिक्षण वा अन्य सामरिक सहयोगलाई भने निरन्तरता दिने पूर्वशर्तअनुसार यहाँ नेटोआबद्ध रिजोल्युट सपोर्ट सर्भिस (आरएस) सैनिक कार्यरत छन् । 
 
यस प्रकारको नेटो गतिबिधिलाई आरएस मिसन नामाकरण गरिएको र यस मिसन अन्तर्गत करीब १३ हजार विदेशी सैनिक देशभर खटिइएका छन् । हाल अफगानिस्तानले इस्लामिक स्टेट (आइएस ) समूहले पनि बढ्दो आतङक खेपिरेहेको छ । यसैकारण सुरक्षाकर्मी र सर्वसाधारण नागरिकको हताहती र विस्थापित सङ्ख्यामा बृद्धि भएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ