arrow

साउदी अरबमा छठको रौनकता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
साउदी अरब । शुद्धता र आपसी सद्भावको प्रतीक छठ पर्व स्वदेशमा समापन भएको भएपनि साउदी अरबमा रहेका प्रवासी नेपालीमा भने यस पर्वको रौनकता भर्खर सुरु भएको छ । छठ पर्वका दिन मङ्गलबार बिदा नमिलेका कारण छठ मान्न नपाएका प्रवासी नेपालीले बिदाका दिन पारेर यही आउंँदो शुक्रबार हर्षोल्लासका साथ छठ पर्व मनाउने भएका छन् । 

तराईको साझा सांस्कृतिक पर्वको रुपमा मनाइने छठ पर्व धुमधामका साथ मनाउन यहाँं रहेका मिथिलावासी छठ पूजाको विशेष तयारीमा जुटेका छन् । मिथिलावासीको साझा संस्था ‘मिथिला एकता समाज’ साउदी अरेबियाको आयोजनामा रियादको सुलइमा धार्मिक विधिसहित छठ पूजा हुने भएको छ । 

प्रवासमै भए पनि आफ्नो मौलिक रीतिरिवाज र धार्मिक संस्कारलाई निरन्तरता दिने उद्देश्यले छठ पूजाको तयारी गरिएको समाजका अध्यक्ष सुनिलप्रसाद गुप्ताले जानकारी दिए । 

साउदी अरबको कानुनी व्यवधानका कारण सार्वजनिक स्थानमा यस्ता खालका गतिविधि गर्न नमिल्ने भएकाले पौडी पोखरीमा छठ पूजा गरिने गुप्ताले बताए । छठ पूजाका लागि आवश्यक पर्ने सामग्री सङ्कलनको तयारी भइरहेको गुप्ताले जानकारी दिए । 

यही मङ्सिर ४ गते शुक्रबारका दिन हुने छठ पूजामा साउदीमा रहेका झन्डै चार सय नेपालीको सहभागिता रहने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ