arrow

हाम्रो पार्टी दुई मधेस प्रदेशको पक्षमा छ : पशुपति शमशेर

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
pasupati-rana1.jpg.jpeg

काठमाडौं । राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले नवलपरासीदेखि बर्दियासम्मको प्रदेशबाट पहाडी जिल्ला अलग गरे समस्याको समाधान हुने जिकिर गर्दै आफ्नो पार्टी दुई मधेस प्रदेशको पक्षमा रहेको सुनाए । राजधानीमा भएको एक कार्यक्रममा राणले वंशजबाहेकका नागरिकलाई उच्च संवैधानिक पदमा नियुक्त गर्न नसकिने भन्दै मधेसमा जति काठमाडांैमा आन्दोलन गर्न आन्दोलनकारीलाई सजिलो नहुने बताए ।

नेकपा एमालेका सभासद लालवाबु यादवले राजनीतिक नेतृत्वले सिमाङ्ककन गर्दा समस्या आएको भन्दै सिमाङ्ककन नेताहरुले भन्दा पनि राजनीतिकशास्त्री, भुगोलविद्, अर्थशास्त्री, मानवशास्त्री र समाजशास्त्रीसहितको विज्ञहरुले मात्रै गर्न सक्ने तर्क गरे । उनले सिमाङ्कनमा अधिकार र पहिचान मात्रै नभई सार्मथ्यको कुरा पनि भुल्न नहुने भन्दै यस विषयमा मधेसी मोर्चा आफै स्पष्ट नभएको जिकिर गरे । उनले भने,‘ मधेसको मात्रै प्रदेश हुँदा त्यसले सस्टेन गर्न सक्छ कि सक्दैन हेर्नु पर्छ ।’

यादवले मधेसको भाग वास्तविक रुपमा राजनीतिक नभई भावनात्मक किसिमको भएको जिकिर गर्दै जातीय र क्षेत्रीय भावनाबाट माथि नउठ्दासम्म समस्या समाधान नहुने ठोकुवा गरे । उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा तीन सिट फरक पर्ने भएकोले त्यो वार्ताबाटै तलमाथि गर्न सकिने  र बहुराष्ट्रीयताको कुरा मधेसमै साझा भाषा, सस्कृति र जाती नभएकोले सम्भव नहुने तर्क गरे । यादवले मुलुकमो धेरै आन्दोलन हुँदा सामाजिक संरचना र आर्थिक विकासमा असर पारिसकेको भन्दै अब सबैले यो विषयमा सोच्नु पर्ने आवश्यकता औल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ