arrow

जनसम्पर्क समिती जापानको छैठौ अधिबेसन ३ महिनामा हुने

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
congress-flag-11111.jpg.jpeg
जापान। नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिती जापानको अधिबेशन आगामी ३ महिना भित्र हुने भएको छ। बर्तमान कार्यसमितीको यही मे ३१ तारीकबाट कार्यकाल पुरा हुन लागेकोले बर्तमान कार्यसमिती नै मे ३१ तारीक बाट अधीबेसन तयारीको लागि तदर्थ समितीमा परिणत गर्ने निर्णय भएको छ। मे १५ आईतबार बसेको कार्यसमिती, काउन्शिल सदस्य, क्षेत्रीय सभापती लगायतको भेलाले निर्णय अधिवेशन ३ महिनाभित्र गर्ने निर्णय गरेको हो। 
 
मे महिनासम्म अधीबेसन गरिसक्नुपर्ने बिधानमा भएपनि पार्टी को १३ औ महाधीबेसनको तयारीमा लाग्दा जनसम्पर्कको अधिबेशन तयारी नपुगेको भन्दै आगामी ३ महिना भित्र छैठौ अधीबेसन गर्ने तयारीमा समिती जुटेको हो। अधिबेसन तीन महिना भित्र गर्ने निर्णयसँगै जापानमा रहेका कांग्रेसहरुलाई केही समय अधिबेसनले तताउने भएको छ। नेतृत्वको लागि दाबी गर्दै यतीबेला समुहगत छलफल हुने क्रम बाक्लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ