arrow

माओवादी केन्द्रमा पदाधिकारी नरहने : ‘प्रचण्ड’ पार्टी र हेडक्वार्टर प्रमुख, हेडक्वार्टरमा को–को ? (नामावलीसहित)

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
maosit-CC-Meeting.jpg.jpeg
काठमाडौं । नव घोषित नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीमा पदाधिकारी नरहने निर्णय गरेको छ । तत्काललाई पार्टी संचालनका लागि शीर्ष तहमा ९ सदस्यीय केन्द्रीय कार्यालय टिम (हेडक्वार्टर) रहने निर्णय भएको माओवादी नेताहरुले बताएका छन् । पार्टीको अध्यक्ष एवं हेडक्वाटर प्रमुख पुष्पकमल दाहाल रहने छन् ।
 
यद्यपि, आइतबारबाट सुरु भएको बैठकमा अध्यक्ष दाहालले बहुपदाधिकारीको प्रस्ताव गरेका थिए । सोमबार बसेको बैठकले तत्काल ९ सदस्यीय केन्द्रीय कार्यालय टिम, ४९ देखि ५१ सदस्यीय सचिवालय अर्थात् स्थायी समिति र १५१ सदस्यीय पोलिटब्यूरो रहने निर्णय भएको केन्द्रीय सदस्य रत्न ढकालले जानकारी दिए । 
 
बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा आइतबार बसेको बैठकमा दाहालले बहुपदाधिकारीको प्रस्ताव सुनाउँदै बरिष्ठ सहित ५ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायत पदाधिकारी रहने संकेत गरेका थिए । 
 
सोही अनुरुप माओवादी नेताहरुबीचमा विभिन्न छलफल भइरहेका थिए । यद्यपि, त्यति मात्र नभई अन्य तीन मोडलमा समेत कुरा भइरहेको सूचना नेताहरुले पहिले नै दिएका थिए । आइतबारको बैठकमा एजेण्डमा मात्रै पेश हुँदा माओवादी नेता ढकालले नै भनेका थिए, ‘विभिन्न तीन मोडल र बहुपदाधिकारीबारे छलफल भइरहेको छ ।’ तीन मोडलमा केन्द्रिय समिति, सचिवालय र पोलिटब्यूरो बनाउने भन्ने थियो । सोही तीन मोडल सोमबारको बैठकले सदर गरेको छ । 
 
आकांक्षीहरुको भिड र पद बाँडफाँड गर्दा बरियतामा विवाद सिर्जना हुने देखिएपछि अध्यक्ष दाहालले सजिलो बाटो अपनाएका हुन् । दाहालले महाधिवेशन नभए सम्मका लागि यसै संरचनाबाट पार्टी गतिविधी अघि बढाउने छन् । स्रोतका अनुसार दाहाल अध्यक्ष भएपछि दोस्रो बरियता र पद मिलानमै समस्या भएको र अन्य पदाधिकारीहरुको हकमा समेत अफ्ठ्यारो सिर्जना भएपछि तत्काललाई पार्टी संरचना यस्तो बनेको हो । 
 
बैठकमा दाहालले एकपदीय या बहुपपिय के मा जाने भन्नेबारे छलफलको एजेण्डा तय गरेका थिए । बहुपदिय प्रणालीमा जाँदा समस्या सिर्जना हुने देखिएपछि हेडक्वार्टर बनाइएको नेताहरुले बताएका छन् । बैठकले असार ४ गते काठमाडौंमा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । 
९ सदस्यीय हेडक्वार्टर 
 
पुष्पकमल दाहाल–अध्यक्ष 
नारायणकाजी श्रेष्ठ 
रामबहादुर थापा 
कृष्णबहादुर महरा
देब गुरुङ
मातृका यादव 
मणि थापा 
दिलमाया परियार
जयपुरी घर्ती 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ