arrow

ऐश्वर्यालाई एक्लै स्टेजमा छोडेर किन निस्किए अभिषेक

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
abhishek.gif.png
एजेन्सी । अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको बिवाह भएको नौ बर्ष पुरा भइसकेको छ । यस क्रममा दुई बिच कुनै प्रकारको खटपट भएको समचार बाहिर आएको छैन । 
 
तर चलचित्र 'सरबजीत'  को प्रीमियरमा अभिषेकले  ऐश्वर्यालाई मन्चमा एकलै छाडि दिएका थिए । फोटोग्राफरहरु चाहान्थे कि  ऐश्वर्या र अभिषेकलाई क्यमरामा एकै साथ कैद गर्न सकु  । तर  अभिषेकले मानेन्  । ऐश्वर्याले हात समातेर रोक्ने प्रयास गर्दा पनि अभिषेक स्टेजबाट निस्किए । सो दृश्यलाई फोटोग्राफरहरले कैद गरेका थिए । 
 
भारतियसञ्चार माध्यमका अनुसार " ऐश्वर्या र अभिषेक बिचको  सम्बन्धमा कुनै प्रकारको फाटो आएको होइन  । ऐश्वर्या र अभिषेक सेक्योर मानिसमा गनिन्छन् । अभिषेक सेन्टर स्टेजमा बस्न नचाहेको कारण बाहिर निस्किएका थिए । 
 
अभिषेकका अनुसार ,' यो कार्यक्रम ऐश्वर्याको चलचित्र हो र उनको लागि रेड कारपेट मोमेन्ट हो ।' 
 
सो कार्यक्रममा  अभिषेक बाहेक सम्पुर्ण बच्चन परिवार उपस्थित थियो । दर्शकले  स्टेजमा  ऐश्वर्यालाई नै हेर्न चाहान्थिए किनभने चलचित्र उनको थियो ।  सोहि कारण अभिषेकले  सेन्टर स्टेजबाट निस्किए ।"
 
अभिषेकले त्यहाबाट ह्यटेपछि ऐश्वर्याले मन्द मुस्कानमा मीडियाकर्मियहरुलाई अभिवादन गरेकि थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ