arrow

हावाहुरीले बिद्यालयको छानो उडायो करिव ७ लाखको क्षति

logo
निर्मल खत्री,
प्रकाशित २०७३ जेठ ११ मंगलबार
school-wind.jpg.jpeg
म्याग्दी। सोमबार दिनमा आएको हावाहुरीले पाखापानी गाविस वडाः८ कोटगाउँमा रहेको श्री जनआर्दश प्रथामिक बिद्यालयको दुईकोठे भवनको छानो उडाएको छ। दिनको दूई बजे तिर पानी संगै आएको हावाहुरीले बिद्यालयको कार्यालय र बालशिक्षा भवनको छानो उडाएको हो।
 
कार्यालयको छानो उडाउदा कार्यालय भित्र रहेका शिक्षक नन्द प्रसाद गर्वुजा घाईते भएका छन भने बिद्यालयको भवनको पुर्ण क्षति भएको छ। 
 
कार्यालयमा रहेको एक थान कम्प्युटर टेवल र छानामा रहेको ८५ मेगावार्डको सोलार प्यानल क्षति भएको भएको स्थानिय युवा मन प्रसाद पुनले जानकारी दिनुभएको छ । सबै समान गरि करिव बिद्यालयमा ७ लाखको क्षति भएको अनुमान गरिएको छ । कार्यालयमा रहेको बिद्यालयका सबै कागजपत्रहरु पनि हावाले उडाएकोले भोली देखि बिद्यालय संञ्चालनमा गाह्रो हुने भएको र तत्काल बिद्यालय संञ्चालन गर्न नसकिने बिद्यालयको प्रधानध्यापक बिना पुनले बताउनु भएको छ ।बिद्यार्थीहरुलाई भने कुनै चोटपटक नलागेको बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ