arrow

कर नतिर्ने अटेरी बैंक र वित्तिय संस्थाहरूको विवरण सार्वजनिक; को को छन नतिर्नेमा?

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
bank-final.jpg.jpeg
काठमाडौं। पटकपटक ताकेता गर्दा पनि विभिन्न शीर्षकका कर नतिर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई काठमाडौं महानगरपालिकाले भटाभट अल्टिमेटम सहितको पत्र काट्न थालेको छ। यस भन्दा अगाडिका वर्षहरूमा समेत पटकपटक ताकेता गर्दा पनि नाम चलेका बैंक तथा वित्तीय संस्थाले समेत महानगरको पत्र बेवास्ता गर्न थालेपछि आक्रामक बन्नु परेको काठमाडौं महानगरपालिकाले जनाएको छ। 
 
महानगरपालिकाका राजश्व विभागका उपनिर्देशक धुर्ब काफ्लेका अनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले बहाल कर र सवारी कर बापतको रकम महानगरपालिकालाई तिर्न छोडेपछि महानगरपालिकाले कडा अप्रेसन सुरू गरेको हो। 
 
महानगरपालिकाले पहिलो पटकको लागि ३० दिन भित्र बाँकी रहेका बहालहरूको बक्यौता बुझाउनको लागि पत्र पठाउदैछ। महानगरका एक अधिकारीले आजदेखि पत्र काट्ने काम सुरू भइसकेको तथा अबको केहीदिन भित्र सबैलाई पत्र काटिसक्ने गरी काम भईरहेको बताए। यसरी पत्र पाएको ३० दिन भित्र पनि तिर्नुपर्ने करबापतको रकम नतिरेको खण्डमा महानगरपालिकाले फेरि दोस्रो पटक १५ दिने समयावधि सहित अर्को पत्र लेख्नेछ र सो समयावधिमा पनि रकम असुली नगरेदेखि फेरि सातदिनको लागि अन्तिम चेतावनी सहितको अर्को पत्र सम्बन्धित करदातालाई पठाउनेछ। यसरी ५२ औं दिनसम्म पनि कर तिर्न अटेरी गर्ने करदातालाई कानून अनुसार विना सूचना कारबाहीको काम अघि बढाईने महानगरपालिका राजश्व विभागले जानकारी दिएको छ। 
  
उता, महानगरले बहाल कर र सवारी करको विवरण माग गरेपछि सानो घर रहेको लगायतका फर्जी विवरण देखाएर घरजग्गा कर कम तिर्ने घरधनीहरू समेत समस्यामा पर्ने भएका छन्। महानगरपालिकाको विभिन्न मापदण्डलाई हेरेर उसले तिरेको घरजग्गा कर र सवारी करको आधारमा घरधनीले फर्जी विवरण दिएको/नदिएको पत्ता लाग्ने भएकोले पनि यो करले फर्जी विवरण दिनेहरू समस्यामा पर्ने बुझाई महानगरपालिकाको छ। 
 
यसरी महानगरपालिकालाई लामो समयदेखि कर नतिर्ने सूचीमा नाम चलेका बैंक तथा वित्तीय संस्थाहरू नै अगाडि रहेका छन्। उनीहरूमध्ये एकाधबाहेक अधिकांशले दुबै कर नतिरेको महानगरपालिकाको तथ्याङ्कले देखाएको छ। उनीहरूले सम्बन्धित वडामा पुगेर कर तिर्नुपर्ने भएपनि वडामा कर नतिरेपछि महानगरपालिकाको राजश्व विभाग आफ्नै सक्रियतामा कर उठाउन थालेको हो। तल उल्लेखित तालिकामा कर नतिरेका बेंक तथा वित्तीय संस्थाहरू कम्तिमा दुई आर्थिक वर्ष या त दुई वर्ष भन्दा बढी समयको बहाल कर र सवारी कर तिर्न बाँकी रहेका बैंकहरू हुन्। यि करहरु उठेमा महानगरपालिकाले लाखौ रुपैयाँ आम्दानी गर्न सक्ने छ। 
 
कर तिर्न बाँकी रहेका बैंक तथा वित्तीय संस्थाको विवरणः
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ