उत्तर कोरियाली नेता किम जोङ वहिनिको लागि ज्वाई खोज्दै (तस्विर सहित)

प्रकाशित मिति : २०७३ जेठ ११ मंगलबार , १२,१८० पटक हेरिएको
एजेन्सी । उत्तर कोरियाका  तानाशाह किम जोङ उनले आफ्नो वहिनिको लागि स्वयंवरको आयोजन गरेका छन्  । तर स्वयंवरमा केटालाई किमले आफैले छान्नेछन् ।
 
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार छनोटमा सहभागी सबैले किमको अगाडि उनको वहिनिलाई  एक-एक गरेर  प्रपोज गर्नेछन् । जुन केटाले गरेको प्रपोज किमलाई मन पर्छ उनै किमको ज्वाई बन्नेछन् ।
 
 
सो स्वयंवरको लागि प्योङयाङका ३० जना अविवाहित केटाको छनौट गरिसकिएको छ । जसको उचाई करिब ५ फिट र १० इन्च छेउछाउ रहेको छ । यी सबै किम इल सुङ यूनिभर्सिटीबाट  ग्रेजुएट हुन् । साथै सबैले आर्मीमा पनि काम गरिसकेका छन् । किम जोङको वहिनिको नाम यो जोंग हो।
 
२९ बर्षीयकी यो यस समय उत्तर कोरियाको सबै भन्दा शक्तिशाली महिलाहरु मध्ये एक रहेकि छन् । सन् २०१२ पनि  किमले  आफ्नो वहिनिको लागि स्वयंवर आयोजन गरेका थिए । तर त्स समय कुनै योग्य केटा पाइएको थिएन । यो जोङ  निकै सुन्दर रहेको उत्तर कोरिया बाट भागेर दक्षिण कोरिया आएका एक पुर्व आर्मीले बताएका छन् ।
 
यूनिभर्सिटीमा पढ्दा योका लागि बुवाले अलगै कक्षा बेग्लै बाटो बनाइ दिएका थिए । सो बाटोबाट यो जोङ र उनका महिला साथि  बाहेक अन्यलाई हिड्न प्रतिबन्त्र लगाइएको थियो । यो जोङको विवाह उत्तर कोरियाका  आर्मी चीफ चोई रियॉंग हेको छोरासँग तय भएको अनुमान गरिएको थियो तर सन् २०१३ चोई रियॉंगको सडक दुर्घटनामा ज्यान गए पछि विवाह स्थगित भयो  ।
 
भगौडे पुर्व आर्मीका अनुसार स्वंयम्बरका लागि तयार ३० केटाहरु  मध्येबाट  कोहि पनि किम जोङ र यो जोङको सर्तमा खरो रुपले प्रस्तुत हुन सक्दैनन् । यदि कसैले किमको सर्त पूरा गर्न सके भने उनि  भाग्यशाली हुनेछन् ।
नयाँ