arrow

उत्तर कोरियाली नेता किम जोङ वहिनिको लागि ज्वाई खोज्दै

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
yo-4.jpeg.jpeg
एजेन्सी। उत्तर कोरियाका  तानाशाह किम जोङ उनले आफ्नो वहिनिको लागि स्वयंवरको आयोजन गरेका छन्। तर स्वयंवरमा केटालाई किमले आफैले छान्नेछन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार छनोटमा सहभागी सबैले किमको अगाडि उनको वहिनिलाई एक-एक गरेर  प्रपोज गर्नेछन्। जुन केटाले गरेको प्रपोज किमलाई मन पर्छ उनै किमको ज्वाई बन्नेछन्।
 
स्वयंवरको लागि प्योङयाङका ३० जना अविवाहित केटाको छनौट गरिसकिएको छ। जसको उचाई करिब ५ फिट र १० इन्च छेउछाउ रहेको छ। यी सबै किम इल सुङ यूनिभर्सिटीबाट  ग्रेजुएट हुन् । साथै सबैले आर्मीमा पनि काम गरिसकेका छन्। किम जोङको वहिनिको नाम यो जोंग हो।
 
२९ बर्षीयकी यो यस समय उत्तर कोरियाको सबै भन्दा शक्तिशाली महिलाहरु मध्ये एक रहेकि छन्। सन् २०१२ पनि  किमले  आफ्नो वहिनिको लागि स्वयंवर आयोजन गरेका थिए। तर त्स समय कुनै योग्य केटा पाइएको थिएन। यो जोङ  निकै सुन्दर रहेको उत्तर कोरिया बाट भागेर दक्षिण कोरिया आएका एक पुर्व आर्मीले बताएका छन्।
 
यूनिभर्सिटीमा पढ्दा योका लागि बुवाले अलगै कक्षा बेग्लै बाटो बनाइ दिएका थिए। सो बाटोबाट यो जोङ र उनका महिला साथि  बाहेक अन्यलाई हिड्न प्रतिबन्त्र लगाइएको थियो। यो जोङको विवाह उत्तर कोरियाका आर्मी चीफ चोई रियॉंग हेको छोरासँग तय भएको अनुमान गरिएको थियो तर सन् २०१३ चोई रियॉंगको सडक दुर्घटनामा ज्यान गए पछि विवाह स्थगित भयो।
 
भगौडे पुर्व आर्मीका अनुसार स्वंयम्बरका लागि तयार ३० केटाहरु  मध्येबाट कोहि पनि किम जोङ र यो जोङको सर्तमा खरो रुपले प्रस्तुत हुन सक्दैनन्। यदि कसैले किमको सर्त पूरा गर्न सके भने उनि  भाग्यशाली हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ