arrow

रुसतममा अक्षयको यस्तो रुप

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
759628820.jpeg
मुम्बई । बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘रुसतम’मा नयाँ रुपमा देखिने भएका छन् । यो फिल्म सन् १९५० को दशकको पृष्ठभूमिमा बनिरहेको छ । वास्तविक जिन्दगीमा भएको घटनाबाट प्रेरिता यो फिल्म आगामी वर्षको स्वतन्त्रता दिवसमा रिलिज हुनेछ ।

‘यो फिल्म सन् १९५० को दशकमा आधारित हुनेछ र पुरा रुपमा फिक्सनयुक्त हुनेछ । यो फिल्म भारत र ब्रिटेनमा छायांकन गरिनेछ,’ फ्राइडे फिल्मवक्र्सको शीतल भाटियाले भने,‘रुसतमा अक्षयको भूमिका यसअघिका फिल्ममा भन्दा फरक हुनेछ । ’

अंकित तिवारीले फिल्मका लागि म्युजिक कम्पोज गरेका छन् । एस्सल वीजन, केप अफ गुड फिल्मस् एण्ड क्रिअर्ज इन्टरटेनमेन्ट मिलेर फिल्मको निर्माण गर्न लागेको हो । फिल्मका निर्देशक सुरेश देसाई रहनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ